२ सय मिटर दौडमा तिलकरामको राष्ट्रिय कीर्तिमान :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

२ सय मिटर दौडमा तिलकरामको राष्ट्रिय कीर्तिमान

१३ फागुन, काठमाडौं । नेपाल प्रहरीका तिलकराम थारुले दोश्रो गोल्डेन स्पि्रन्ट मिटअन्तर्गत पुरुषको २ सय मिटर दौडमा आइतबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

उनले निर्धारित दूरी २१.७१ सेकेन्डमा पूरा गर्दै रामकृष्ण चौधरीले १८ वर्षअघि बनाएको कीर्तिमान भंग गरे । रामले १९९५ मा मद्रास -अहिले चन्नइ) मा भएको दक्षिण एसियाली महासंघीय खेलकुद -अहिलो दक्षिण एसियाली खेलकुद) मा २१.९२ को कीर्तिमान बनाएका थिए । कीर्तिमान रचेवापत तिलकले ५ हजार नगद पुरस्कार पाए ।

नेपाल आर्मी क्लबका मीनबहादुर चौधरी दोश्रो -२२.९ सेकेन्ड) दोश्रो तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबका हरिलाल चौधरी (२५.२ सेकेन्ड) तेश्रो भए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको स्पर्धाको महिलामा एपीएफकी दिलमाया कार्कीले शीर्ष स्थान हात पारिन् । दिलमायाले २७.१ सेकेन्ड समय खर्चिन । विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी बविता थापा (३२.२ सेकेन्ड) दोश्रो तथा विजेश्वरीकै सुमित्रा थापा (३३.२ सेकेन्ड) तेश्रो स्थानमा रहे ।

पुरुषको १ सय मिटर दौडमा पनि तिलकले सबै प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा १०.५ सेकेन्डमा दौड टुंगाएर दोहोरो स्वर्ण चुमे । जाजरकोटका यामसाजन सुनवार (१०.७ सेकेन्ड) दोश्रो तथा आर्मीका मीनबहादुर चौधरी (११.२ सेकेन्ड) तेश्रो भए ।

त्यसै स्पर्धाको महिलामा प्रहरीकी सावित्री नेपालीले स्वर्ण चुमिन् । दौड पूरा गर्दा सावित्रीको टाइमिङ १२.७५ सेकेन्ड रह्यो । एपीएफकी प्रमिला रिजाल (१२.८० सेकेन्ड) ले रजत तथा विजेश्वरीकी अनिता थापा (१४.४ सेकेन्ड) ले कांस्य हात पारे ।

नेपाल एमेच्योर एथलेटिक्स संघ तथा काठमाडौं रोड रनर्स क्लब अल्मुनाइद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ४ सय मिटर दौड ५१.५ सेेकेन्डमा पूरा गरेका आर्मीका दासीराम चौधरीले शीर्ष स्थान कब्जा गरे । आर्मीका हेमन्त ढुंगाना (५३.१ सेकेन्ड) दोश्रो तथा एपीएफका हरकसिंह धामी (५६.८ सेकेन्ड) तेश्रो स्थानमा रहे ।

महिलामा एपीएफकी दिलमाया कार्कीले बाजी मारिन् । निर्धारित दूरी पूरा गर्न दिलमायाले ६०.३ सेकेन्ड समय लगाइन् । पोखराकी मनीषा अधिकारी (१ मिनेट ०१.८ सेकेन्ड) दोश्रो तथा विजेश्वरीकी अनिता थापा (१ मिनेट १२.५ सेकेन्ड) तेश्रो भए ।

पुरुषको ४ सय मिटर बाधा दौड (हर्डल्स) मा आर्मीका तेजबहादुर सुनार (१ मिनेट ०२.४ सेकेन्ड) पहिलो तथा आर्मीकै सागर कार्की -१ मिनेट ०३.३ सेकेन्ड) दोश्रो भए । सोही स्पर्धाको महिलामा एपीएफकी सविता चौधरी (१ मिनेट १०.२ सेकेन्ड) तथा एपीएफकै सुनीता तामाङ (१ मिनेट २९.७ सेकेन्ड) क्रमशः पहिलो र दोश्रो भए ।

पुरुषको १ सय १० मिटर बाधा दौडमा प्रहरीका धीरेन्द्र चौधरी पहिलो भए । उनले १५.९ सेकेन्ड समय निकाले । १७.१ सेकेन्ड समयसाथ आर्मीका शोभाकान्त जम्मर कट्टेल दोश्रो भए ।

महिलाको १ सय मिटर बाधा दौडमा एपीएफकी सविता चौधरीले स्वर्ण तथा एपीएफकै सुनीता तामाङले रजत जिते । सविताले १८.९ सेकेन्ड तथा सुनीताले २३.३ सेकेन्ड समय खर्चे । एकदिने प्रतियोगितामा प्रहरीका तिलक तथा एपीएफकी दिलमाया ‘वन्त उत्कृष्ट स्पि्रन्टर’ चुनिए ।

प्रतियोगितामा १९ पुरुष तथा १८ महिला खेलाडीले समान ५-५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु