साइपाल मिटमा वाग्मती च्याम्पियन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

साइपाल मिटमा वाग्मती च्याम्पियन

१३ फागुन, काठमाडौं । वाग्मती बोर्डिङ स्कुलले दोश्रो साइपाल अन्तरस्कुल मिटको उपाधि आइतबार जितेको छ । ४० अंकसाथ वाग्मती समग्रमा च्याम्पियन बन्यो ।

दोश्रो भएको ग्यालेक्सीले ३५ अंक जोड्यो भने तेश्रो स्थानमा रहेको माउन्ट ग्लोरीले २५ अंक बटुल्यो । मिटअन्तर्गत ब्वाइजको बुद्धिचालमा वाग्मतीका करण राई पहिलो, माउन्ट ग्लोरीका निश्चल भण्डारी दोश्रो तथा आयोजक साइपाल एकेडेमीका आयुश शाही ठकुरी तेश्रो भए ।

बुद्धिचालकै गल्र्समा ग्यालेक्सीकी पल्प पौडेलले स्वर्ण, माउन्ट ग्लोरीकी पासाङ शेर्पाले रजत तथा साइपालकी प्रगति गुरुङले कांस्य हात पारे ।

बास्केटबलतर्फ ब्वाइजको थ्री अन थ्रीमा श्रीदिवा पहिलो भयो । धुम्बाराहीस्थित आयोजक साइपालको कोर्टमा भएको फाइनलमा श्रीदिवाले हिम्सलाई १६-१४ ले पराजित गर्‍यो । ग्यालेक्सी तेश्रो स्थानमा सीमित भयो ।

गल्र्सको थ्री अन थ्रीको फाइनलमा ग्यालेक्सीले वाग्मतीलाई १७-१५ ले हराउदै उपाधि जित्यो । श्रीदिवाले तेश्रो स्थानमा चित्त बुझायो । एक्सटेम्पोर स्पिचमा वाग्मतीकी रचना अर्याल प्रथम, हिम्सका अभिजित प्रधान द्वितीय तथा माउन्ट ग्लोरीका समिर काफ्ले तृतीय स्थानमा रहे ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु