हेलो सरकारमा परेका गुनासाको शीघ्र सम्बोधन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

हेलो सरकारमा परेका गुनासाको शीघ्र सम्बोधन

१३ फागुन, काठमाडौं । जनताका गुनासा र समस्याको शीघ्र सम्बोधन गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित ‘हेलो सरकार’ मा परेका गुनासा तथा उजुरीलाई द्रुत गतिमा सम्बोधन गर्न थालिएको छ ।

हेलो सरकारमा गत माघमा ९ सय ५७ वटा उजुरी परेकामा ६ सय ५७ वटा गुनासालाई सरकारले सम्बोधन गरिसकेको जनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले गत मङ्सिर, पुस र माघ तीन महिनामा जम्मा दुई हजार ६ सय ९८ वटा गुनासो प्राप्त भएकामा दुई हजार ३३ वटा सम्बोधन गरिएका जानकारी दिनुभयो ।

सत्ताइस महिना अघि हेलो सरकार प्रारम्भ भएदेखि हालसम्म २० हजार ४ सय ३२ वटा गुनासा प्राप्त भएका र तिनलाई चाँडोभन्दा चाँडो सम्बोधन एवम् निरुपण गर्ने नीति सरकारले लिएको उहाँले बताउनुभयो । ‘हालका दिनहरूमा प्राप्त गुनासाको निरुपण/सम्बोधन प्रतिशत ७५ पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको छ’- उहाँले भन्नुभयो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार गत माघमा सम्बोधन गरिएका गुनासाहरु मध्ये सामाजिक सुरक्षा भत्ता नपाईएकोमा सो भत्ता दिलाउन लगाएको, बैंकबाट कर्जा प्रवाह गर्न ढिला गरेकोमा तुरुन्त कर्जा प्रवाह गराएको, बिगि्रएको टेलिफोन तुरुन्त मर्मत गर्न लगाएको, शिक्षण अध्ययन अनुमतिपत्र नपाएकोमा तत्काल उपलब्ध गराइएकोे, अर्काले कब्जामा लिएको राहदानी फिर्ता गराई दिएको र विजुलीको जलेको ट्रान्सफरमर तुरुन्तै मर्मत गराइएको बताइएको छ । रासस 

One Comment on “हेलो सरकारमा परेका गुनासाको शीघ्र सम्बोधन”
  • kumar wrote on 25 February, 2013, 1:55

    best pm in the history is baburam best of luck tara maiali doubt cha congresh ra amale le garna didainan baburam ali hos purayera agi bada janata timro sath ma cha

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु