म्यानचेष्टर सिटीले चेल्सीलाई हरायो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

म्यानचेष्टर सिटीले चेल्सीलाई हरायो

१३ फागुन, काठमाडौं । इङ्ग्लिस पि्रमियर लिग फुटबलमा डिफेण्डिङ च्याम्पियन म्यानचेष्टर सिटीले चेल्सीलाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा सिटीले चेल्सीलाई २-० ले पराजित गर्दै लिग लिडर म्यानचेष्टर युनाइटेडसँगको अंक दुरी १२ मा झारेको हो । युनाइटेडको २७ खेलबाट ६८ अंक छ भने सिटीको ५६ अंक भएको छ । चेस्रो स्थानमा रहेको चेल्सीको भने ४९ अंक छ ।

घरेलु मैदान इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले सुरुवातदेखि नै चेल्सीलाई दबावमा राखेपनि पहिलो हापमा गोल गर्न सकेन ।

दोस्रो हापको सुरुमा नै चेल्सीले पेनाल्टी पाएपनि फ्रांक लाम्पार्ड चुके । खेलको ५२ औं मिनेटमा सिटीका रक्षक जोए हर्टले डेम्बा बालाई डि बक्स एरियामा लगाएपछि चेल्सीले पेनाल्टी पायो । तर, लाम्पार्डको प्रहार जोएले बताए ।

त्यसपछि निरन्तर चेल्सीमाथ दबाव दिएको सिटीले ६३ औं मिनेटमा अग्रता लियो । डि बक्स एरियाबाट याया टोरीले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए , ८५ औं मिनेटमा कार्लोस टेभेजले अग्रता दोब्बर पारे । खेलमा चेल्सीले गोल गर्न सकेन र म्यानचेष्टर सिटीलाई २-० ले नतिजा सुम्पिएको छ ।

3 Comments on “म्यानचेष्टर सिटीले चेल्सीलाई हरायो”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु