कोरिया पुगेका ३३ नेपाली एअरपोर्टबाटै फर्काइए :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

कोरिया पुगेका ३३ नेपाली एअरपोर्टबाटै फर्काइए

नक्कली पासपोर्ट प्रयोग गरेको अभियोग

१७ फागुन, काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत् दक्षिण कोरिया गएका ३३ जना नेपाली त्यहाँस्थित इन्छन विमानस्थलबाटै फर्किएका छन् ।

सजिलैसित कोरिया जान पाएकोमा आफुलाई भाग्यमानी ठान्दै उडेका यी नेपाली कामदारलाई कोरियाली अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर नेपाल फिर्ता पठाइएको छ । सन् २०१२ मा मात्रै यसरी ३३ जना नेपाली कामदारलाई फर्काइएको वैदेशिक रोजगार विभाग इपीएस शाखाले जनाएको छ ।

ती मध्ये ३२ जनालाई नक्कली पासपोर्ट प्रयोग गरेको अभियोगमा फर्काइएको हो । एक जना महिलालाई भने पहिले त्यहाँ गैरकानुनीरुपमा बसेको अभियोगमा फिर्ता पठाइएको छ । फर्किनेहरुमा बाँकी सवै पुरुष छन् ।

नक्कली पासपोर्ट प्रयोग गरेको भन्दै बिदेशी अध्यागमले डिपोर्ट गरेको भएपनि उनीहरु त्रिभुवन बिमानस्थलस्थित अध्यागमन कार्यालयबाट पक्राउ परेका छैनन् । इपीएस कोरिया शाखाका निर्देशक नारायणबहादुर थापाले अनलाइनखबरसँग भन्नुभयो- उहाँले भन्नुभयो-’उनीहरु फर्किएर आएपछि हामी कहाँ आउँदैन् । कारबाही भएको हामीलाई कुनै जानकारी छैन ।’

कसरी प्रयोग भयो नक्कली पासपोर्ट ?

सामान्यतया नक्कली पासपोर्ट प्रयोगकर्तालाई नेपालको कानुनले दण्डनीय बनाएको छ । सम्पूर्ण प्रकृया सरकारी तहबाटै संचालन हुने एपीएसमा नक्कली पासपोर्ट प्रयोगकर्ता कसरी छानिए त ? थापाले भन्नुभयो- पहिले त्यहीं बसेर फर्किएका नेपालीहरुले पासपोर्ट हरायो भनेर नयाँ नाममा पासपोर्ट बनाएर गएका होलान, त्यहाँ बायोमेटि्रक प्रणालीअनुसार उनीहरुको रेकर्ड रहने हुनाले पुरानोसँग मिल्नासाथ फर्काएको होला ।’ कोरिया सरकारले यी ब्यक्तिलाई फर्काएका छौं भनेर जानकारी मात्र गराउने तर के कारणले फर्काइयो भनेर बिस्तृत जानकारी नदिने कारणले फर्किनेहरुको कसुरको प्रकृति स्पष्ट हुन नसकेको थापाले बताउनुभयो ।

कोरियाको विमास्थलमा अध्यायमनले बायोमेटि्रक्स सिस्टममा आँखाको नानी र औठा छापको चेक गर्ने गरिन्छ । ‘नागरिकता र पासपोर्ट लिएर आएपछि हामीले अरु हेर्ने सिस्टम छैन’ थापाले भन्नुभयो-’तर, बायोमेटि्रक्स सिस्टममा नयाँ र पुरानो तुलना गर्दा मिल्नासाथ फर्काइदो रहेछ ।’ यसरी विमानस्थलबाटै फर्काइएकाहरु पुनः कोरिया जान नपाउने र गैरकानुनी रुपमा जान खोजे कोरियाको इमिग्रेसनले रोक्ने उहाँको भनाई छ ।

बैधानिकरुपमा बसेर फर्किएकाहरुलाई पुनः भाषा परिक्षामा भाग लिएर इपिएस अन्र्तगत कोरिया जान छुट दिइएको भएपनि तोकिएको समयभन्दा बढि गैरकानुनीरुपमा बसेका र त्यहाँ अपराधको अभियोग लागेर फर्किएकाहरु भने कोरिया जान पाउँदैनन् ।

हेर्नुहोस सूची

10 Comments on “कोरिया पुगेका ३३ नेपाली एअरपोर्टबाटै फर्काइए”
  • kabin sampang wrote on 28 February, 2013, 3:06

    yo chai sat pratyisat nai nepal goverment ko kami kamjori ho hai kin vane kamse kam pp banaun auda kheri spast chhanbin ta garnu paryo ni hoena kin kasri harako k vako pahilako kaha gayo tsko chhhanbin nagri pp dinale yesto vako ho yo gair jimmwari purna kam vayo nepal ko goverment ko

    Like or Dislike: Thumb up 11 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • रघु wrote on 28 February, 2013, 3:31

    कोरियाली इमीगारेश्नले नेपालीहरू संग दुर्व्यवहार गर्ने गरेको छ. कोरियाली राजदूतलाई बोलायेर नेपाली परराष्ट्र मंत्रालयले झपार्नु पर्छ. कोरियाले नेपाल संग शत्रुवत र घृणापूर्ण व्यवहार गर्दै आएको छ. जबकी कोरियाको आर्थिक विकासमा नेपाली कामदारहरुको पनि केही न केही योगदान पक्कै छ.

    Like or Dislike: Thumb up 14 Thumb down 18

    [जवाफ फर्काउनुहोस्]

    kishore Reply:

    my frnd, look see urself on mirror then blame to next.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • uttam kc wrote on 28 February, 2013, 5:26

    hawa nepali nakkali kin? sakkali ma jamu par6 ni!huna ta yo maobadi le makkali bahadur ko paisa khaye jastai ho,desai hamro nakkali…!

    Like or Dislike: Thumb up 3 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Anonymous wrote on 28 February, 2013, 7:18

    technology use hune country ma chorne ko kaam chhaina bhanne udaharan ho, Nepal haina ni setting hune airport ma

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ramesh Thapa wrote on 28 February, 2013, 8:19

    कोरिया थोडी नेपाल जस्तो मुलुक हो र जहाँ मन्त्रि, प्रहरी प्रमुख, र एअरपोर्ट मा घुस खाने कर्मचारी ले मिलाएको सेटिंग मा गएर सरासर इन्ट्री दिने!नेपालको गर्नु सम्म बेज्यात गरेउ साथि हो कोरिया जाने भएर अर्काको पासपोट मा! धिकार छ तिमीहरुलाई/ यदि यस्तो काम गरेर फेरी कुनै पनि युपोरियन मुलुक का देश मा र अमेरिका तिर गयेउ भने जिन्दगि भरि ति मुलुक मा जना अयोग्य हुनेछौ चाहे तिमि पछि कुनै ठुलो पोस्ट मै गयेउ भने पनि केहि फरक पर्दैन/बिचरा कति पैसा डुब्यो! खाने दलाल ले त अब किन दिन्थे र फेरी अमेरिका र युरोप जाऊ भन्न बेर पनि लाउदैनन होला!

    Like or Dislike: Thumb up 17 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    Rabin Reply:

    KA KORIA DALE LE PATHAUNE HO TA YO TA GOVERNMENT LE PATHAUNE HO NI .YES MA SWYAM NAKKALI PASSPORT MA JANE KAMDAR KO GALTI HO NI .KORIA KAHA HAMRO NEPAL JASTO HO RA YEHA TA PARBIDHI HUNCHH NI SETTING MILAUNA SAKIDAINA LAW BHAYEKO DESH MA .ABA YINI HARU SABAI KO PASSPORT KO CHHAN BIN HUNU PARCHH .

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • suman wrote on 28 February, 2013, 13:09

    koreama pani Nepal jastai chhakaula vaneko hola ,alikati dimag chhaina, hera balla balla kota aayako chha nepallai, k ko koreako bikasma nepalle sath dine hami ta worker ho usale jahapani kinera laijanchha, la badhai chha ramro kam gareko ma, ???

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • swikriti wrote on 28 February, 2013, 18:20

    ठिक गरेछ नेपाली भनौदा लाई नेपाल मा केहि गर्न नमान्ने मुर्ख हरुलाई ,उता गएर भकारो फाल्छु भन्दा पनि पाएनौ है ??? नेपालमा पो ….. जे गरे पनि हुन्छ

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Jhamka wrote on 28 February, 2013, 23:55

    ” Chokta Ki Jhol, Nepali ka Lagi sada yestai kura le garda virnu parchha Badnami ko Khol”

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु