१७ फागुन, काठमाडौँ । मोफसलका चर्चित साहित्यकार अजम्बरध्वज खातीको ‘तवस्विनी’ महाकाब्य बुधवार लोकार्पण भएको छ । राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले महाकाब्य सार्वजनिक गरेका हुन् ।
बुटवलमा बसेर साहित्य सिर्जनामा लागेका खातीको ‘तवस्विनी’ दशौँ कृति हो । यसअघि उनका माइली, उद्वोधन खण्डकाब्य, आँशु बेनीको, पाइलाका डोबहरु, खरानी गंगा गीतिकाब्य लगायतका कृति सार्वजनिक भएका छन् ।
महाकाब्य लोकापर्ण गर्दे राष्ट्रकवि घिमिरेले आफ्ना कविताहरुलाई आफ्नै बच्चाजस्तै मायाँ गर्नै खातीको महाकाब्य विश्वस्तरीय सिर्जना भएको बताए । नेपालका सुन्दर चेलीबेटीहरु बेचिएको, उनीहरुले भोगेका सङघर्ष र दुखहरु, देशमा फर्किआउदा पनि पाएका विस्मयहरुहरुलाइ कवि अत्यन्तै मार्मिक र कारुणिक रुपमा चित्रण गरेको घिमिरेले उल्लेख गरे । कवि खातीको शैली अत्यन्त सरल रहेको भन्दै कवि घिमिरेले उनले कहीँ खाँटी ठेट शब्द लेख्ने र कहीँ टपक्कै टिपुँ जस्ता गीत गाउने र कहिलेजन्तरमा राखुँ जस्ता जीवनदायी सूक्ति बनाउने शैली अनुपम भएको उल्लेख गरे । ‘तवस्विनी’ लोकभाकामा लेखिएको उत्कृष्ट सिर्जना भएको टिप्पणी गर्दे राष्ट्रकवि घिमिरेले कोइली जहाँ बासेपनि मिठो भएजस्तै खातीले जहा बसेर लेखेको भएपनि मिठो सिर्जना पस्केको बताए । खातीसँग पचास बर्षअघि पाल्पामा भएको भेट सम्झेर भावुक हुँदै कवि घिमिरेले ‘तवस्विनी’ खास नेपाली पाराको कृति भएको उल्लेख गरे ।
महाकाव्यको टिप्पणी गर्दै समालोचक साहित्यकार गर्दै मोदनाथ प्रश्रीतले ‘तवस्विनी’ प्रकृति, समाज, दुखपीडा, सामाजिक भावनाको वर्णनमा उत्कृष्ट कृति रहेको बताए । कवि खाती उमेरले बुढो भएपपनि कृती लेखनमा अत्यन्तै भिजेको र तन्नेरीनै पाएको उनले उल्लेख गरे । नेपाली महाकाव्य लेखनको पहिलो सर्ग मङगलाचरणमा भगवानको प्रार्थना र प्रसंसा गर्ने प्रयोगलाइ छाडी खातीले जीवनको सत्प्रेरकको बयान गर्दे नयाँ प्रयोग गरेको उल्लेख गरे ।
महाकाव्य विमोचन समारोहमा सर्जक खातीले महाकाव्यका चरित्रले पाएको दुख बयान गर्दा आफू धेरै पटक रोएको बताए । लामो साधनापछि झ्याउरे भाकामा ‘तवस्विनी’ जन्मिएको सुनाउदै उनले एक नेपाली नारीको वेदना र सङघर्षलाइ कृतिमा उतारिएको बताए । कार्यक्रममा साहित्यकार तथा प्राध्यापक डा. महादेव अवस्थीले तपस्विनी महाकाव्य सरलताबाट श्रेष्ठता हासिल गरेको सङग्रहका रुपमा आएको बताए ।
Nepal Ko bahu Charchit jhyaure bhaka ma rachiye Ko yo mahakavya le Nepal ma jhyaure bhaka jiudai rahe6 bhanne kura ma antantai khusi lageko 6 ra khati jee Lai muri muri badhai ka sathai dhanyebad
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
सहित्याकर तथा कवि अजम्बरध्वज खाती बुबालाई बधाई. बुटवलमा सधै सुनिने कविताका माझ आएको महाकाव्य पनि पढ्न पाईने भयो. खुसी लाग्यो.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]