जापानमा बन्यो अत्याधुनिक लट्ठी :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

जापानमा बन्यो अत्याधुनिक लट्ठी

जापानी कम्पनी फुजित्सुले अत्याधुनिक लठ्ठीको निर्माण गरेको छ । यो लट्ठीले वृद्धवृद्धालाई बाटो देखाउने मात्र होइन उनीहरुको स्वास्थ्यको अवस्थाका बारेमा पनि जानकारी दिनेछ ।

नेक्स्ट जेनेरेसन केन नाम दिइएको उक्त आधुनिक लट्ठीमा जिपिएस प्रविधि जडान गरिएको छ । यसले बुढाबुढीलाई बाटो पहिल्याउन सहयोग गर्ने मात्र होइन उनीहरुले सरीरको तापक्रम र मुटुको गतिका बारेमा पनि जानकारी दिनेछ ।

घरको कोही सदस्य यो लट्ठी टेकेर बाहिर गएको छ भने उसको अवस्थाका बारेमा घरमै बसेर अनलाइन मार्फत जानकारी पाउन सकिन्छ । यदि लट्ठी टेक्ने लड्यो भने तुरुन्त इमेल अलर्ट आउँछ र घरमै त्यसको तत्काल जानकारी पाउन सकिन्छ ।

जापानमा बुढाबुढीको संख्या बढिरहेको हुँदा सोही कुरालाई दृष्टिगत गरी आविष्कार गरिएको आधुनिक लट्ठी निकै उपयोगी हुने विश्वास गरिएको छ ।

बार्सिलोनामा आयोजित मोबाइल कंग्रेसमा सार्वजनिक गरिएको यो आधुनिक लट्ठीमा जिपिएसका साथै थ्री जी र वाइफाइ सेवा उपलब्ध छ । हातले समाउने ठाउँमा एलइडी मोनिटर छ । जसमा विभिन्न गतिविधिहरुको जानकारी देखिन्छ । यदि घुमाउरो बाटो आयो वा हिड्नेले दिशा परिवर्तन गर्नुपर्यो भने लट्ठीमा कम्पन हुन्छ र कता जानुपर्ने हो उतै जानुपर्ने एरो मोनिटरमा देखापर्छ ।

3 Comments on “जापानमा बन्यो अत्याधुनिक लट्ठी”
  • anup wrote on 1 March, 2013, 14:21

    hamro nepali driverharulai pani dine bela vayo taki bato xadera vir tira jana lageko jankari lathile jankari diwas… vanne hamlai lairaxa

    Like or Dislike: Thumb up 8 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nepali wrote on 1 March, 2013, 17:03

    नेपाल का नेतालाई पनी १-१ वटा सुद्ध राजनितिक प्रोग्राम भरेको तेस्तै लट्ठी उपलब्ध गरौना जापान सरकार लाइ अनुरोध गर्दा ठीक होला की ?

    Well-loved. Like or Dislike: Thumb up 38 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kishna gare wrote on 5 March, 2013, 5:50

    ab kk sunna paine ho

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु