काठमाडौं । यस वर्षको ‘साहित्य साधना सम्मान-२०६९’ वरिष्ठ साहित्यकार प्रा डा मोहनहिमांशु थापालाई प्रदान गरिएको छ ।
सात दशकदेखि नेपाली भाषा साहित्यमा अनवरत साधनारत थापालाई ७० हजार एक सय एक नगद राशिसहितको सम्मान दिइएको हो । विसं १९९३ मा काठमाडौंको गोकर्णमा जन्मनुभएका स्रष्टा थापाले विसं २००७ देखि कवितामार्फत लेखन आरम्भ गरी नेपाली नाट्यसाहित्यको समालोचनामा उल्लेख्य कार्य गर्नुभएको छ ।थापाले ‘खुकुरीमाथि एक चौटा बादल’ कवितासङ्ग्रह,’ तथा साहित्य परिचय’ ‘बालकृष्ण समको नाट्यकला’, नेपाली रङ्गमञ्चीय नाट्यपरम्परा’ जस्ता गद्यकृति लेखनका अलावा अनुवाद, सम्पादन, प्राध्यापन र प्राज्ञिक तथा साहित्यिक गतिविधिमा प्रत्यक्ष संलग्न भई नेपाली वाङ्मयको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएको छ ।
यसैगरी २५ हजार एक सय एक राशिको ‘शमी युवा प्रोत्साहन पुरस्कार’ युवा वैज्ञानिक रिजन कार्कीलाई प्रदान गरिएको छ ।