नानापाटेकर र मेरो जन्मदिन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नानापाटेकर र मेरो जन्मदिन

गीता रेग्मी

ओहो ! आज मेरो जन्मदिनहो रे । आमाले भन्नुभएको । म चाहि गएर कहाँ जन्मिएको हुँ र । या मेरो चाहनाले जन्मने पनि त होईन फृत्त । आफैँ, स्वतःप्राकृतिक देन हो मेरो जन्म । न त बाबुआमाको चाहना र आवश्यकतान त योजनामानै थिए म। त्यसै त्यसै रोपिएर उम्रिएकी म । तर पृथ्वी टेकाउन आमालाई कति सकस भएको हुँदो हो । त्यसको भार तिर्न अहँ मान्छेको आयू सक्दा समेत सकेकी छैन । अनी त के गर्भ गर्नु आˆनु जन्मप्रति । आमाको भार मात्र कहाँ हो र धर्ती माताका लागि पनि केहीगर्न सकेकी छैन मैले । त्यसैले पनि जन्मिएको सार्थकता नभेटी म जन्म दिनको उपलक्ष्यमा खुशीयाली मनाउने आँट कसरी गर्न सक्थेर । अरु हरुले जस्तो गरेर।

लमजुङ्गको कुन्छा बजारबाट एक विहान हिडेर पुगिने जीताको राईपालीमा २०२७ सालमा जन्मिएकी । छोराको आशा गरेर बसेका घर परिवार मात्रहोइन छिमेकीलाई पनि निराश बनाउँदै दोस्रो पुत्रीका रुपमा । रा र री को विभेदले जन्मिदै देखी परिवारलाई निराश पारेकी म र मेरो जन्मदिन सम्झन आमाबाबुलाई पनि त्यस्तो उधो खाँचा परेन । (चितवन झरेपछि) भाइबहिनी, म पछि पनि त जन्मिरहे ईश्वरका बरदानका रुपमा ।

हामीबुवाको जन्मदिन मनाउन दिन गनेर बस्थ्यौँ र असार बीस गते रुखकटहर ल्याएर खान्थ्यौँ प्रायः । जब दिदी रीता जापान जानु भयो २०४७ सालमा तब देखी हाम्रा जन्मदिनका पनि शुभकामना आउन थाले । अचम्म लाग्थ्यो र खुशी पनि भइन्थ्यो ।विवाह भयो जन्मदिन त वर्षेनी आउने नै भए तर कसैलाई याद नहुने मानौँ म कीरा माकुरा हुँ । घरमा पनि श्रीमानको जन्म दिनको दिनमा पशुपतिजान्थ्यौँ । दान पुण्य गथ्र्यौ । वृद्ध, बृद्धालाई खानाखुवाउँथ्यौँ । आफ्नो त आउथ्यो र जान्थ्यो ।

एकदिन टि.भीमा नाना पाटेकर र मनिषा कोइरालाको फिल्म आयो अग्नी साक्षी । बनाउँदा बनाउँदै दिक्क लागेर बनाएको मूर्ति जस्तो घिनलाग्दो मुखाकृतिको नानापाटेकरमा भरिएको रीसका ज्वाला स्वर्गकी अप्सरा मेनका वा उर्वशी जस्ती मनिषा माथि खनिदा नानापाटेकरको आकृति कति साह्रै डरलाग्दो र घीन लाग्दो­­­ थियो भने म त्यसको बयान नै गर्न सक्दिन । त्यस्तै रिसाहा र कुरुप मान्छेका रीसमा परेको छिमेकीको जन्मोत्सव । उसले त्यहाँ बोलेका डाइलग म प्रत्येक जन्मदिनमा  सम्झने गर्छु ”पैदा होकर कउनसातिर मारा है ,यैसा कौनसा अैसानकिया दृनियामा पैदा होकर, तृमरा क्या कन्टिबियृसन हे देशमे र ढोल बजाकर दृनियाको निद हराम कर रहे हो ? देश र जनताकालागि केही योगदान गर्न नसक्नेले के को जन्मदिनको खुशीयालीमनाउनेभन्ने आसय थियो नानापाटेकर को । मनिषाको अगाडी कुरुप, घिनलाग्दो र डरलाग्दो सन्काहा जस्तो लाग्ने नाना पाटेकरको त्यो डाइलग चाँहि साँच्चै नै गजबको थियो । जसले मेरो मन छोईयो ।

त्यसपछिका प्रत्येक जन्मदिनमा म मेरी आमालाई फोन गर्छु । उहाँले नजन्माएको भए म कसरी हुन्थे र ? पेट कति दुखिरहेको छ भनेर सोध्छु । आमा अकमकाउनु हुन्छ । किन पेट दुख्ने ? म ठीक छु । के भनेकी ? तिमीहरु ठीक छौ  ? भन्नुहुन्छ । म कुराको पोयो खोल्छु मलाई जन्माउँदा तपाईलाई कत्तिको पिडा भएथ्यो ? ए ! ल, लजन्मदिनको शुभकामना छ भन्नु हुन्थ्यो । मेरो मन गजबको द्धिविधामा हुन्छ सधैँ । म जन्मिएको म खुशी भएर जन्म दिन मनाउँ या पृथ्वीको बोझ सम्झेर मातम मनाउ । नाना पाटेकरको डाइलग सम्झँदा साँच्चै म कीरा माकुरा हुँ, जो पृथ्वीलाई दुषितमात्र पारी रहेको छु । अन्यथा मानव चोला कहिले र कसरी प्राप्त हुने हो , एक बारको जुनी पाएकोमा खुशी मनाउ,सबै मदर टेरेसा, मेडम क्यूरी वाइन्दिरा गान्धी कहाँ भएका छन् र जस्तो पनि लाग्छ । दिपक जीको जन्मदिन सँधै पशुपतिगएर मनाइन्छ । छोरीको जन्मदिन केक नकाटी जाँदै जाँदैन । ऊ छ महिना अघिदखि आफन्तजनलाई बर्थ डेको निम्ता दिन्छे । जिन्दगी उसैको त हो जस्तोपनि लाग्छ । आफ्ना अगाडी त नानापाटेकरको डाइलग खडा छ । राष्ट्र र जनाताका लागि के योगदान गरेको छस र जन्मदिनको उत्सव मनाउने बस् । आफूभित्रको कमजोरी केलायो र आफैँ प्रति हीन भावना उत्पन्न गरायो यत्तिकैमा बितिरहे दिनहरु ।

अर्को मनले भन्छ जन्मदिनको दिनमा त आमालाई थ्याङ्सफर भन्नु पर्ने किनकिउनको पो उत्पादन त म । अनी आमालाई फोन गर्‍यो, पेट कत्तिको दुखेको छ त ? …आमाको स्र्मृीतिधमिलो हृन्छ । म नै आमालाई स्मरण गराउछृ ।मलाई पाउँदाक्या? …आमाहाँस्नुहुन्थ्यो र सुखसमृद्धिको आशीर्वाद दिनुहुन्थ्यो । यस पटक चितवनमा माघको ३ गतेदेखि सप्ताहथियो, २ गते आमाको जन्म दिन थियो । भोलिको सबै तयारी सकिएपछि सुजीको हलुवाको केक जस्तो बनाएर क्यान्डिल बालेँ । अनि बुबा र पाहुनाको अगाडी आमालाई राखेर केक काट्न लगाएँ । आमाबुबामात्र होइन, इष्ट मित्रमा समेत खुशीको रौनक देखेँ । आमा त खुशीले दङ्ग । सप्ताहचलिनै रहेको थियो, पाँचगते भाइको जन्मदिनआयो । सधैँ गर्ने जन्मदिनको ‘वीस’ पनि कामको बेस्थताले सबैले भुसुक्कै भुलेछौँ । भजन मण्डली भजन कृतनगर्दै थिए, मैले झल्यास्स सम्झिएँ आज त भाइको जन्मदिन । उहीहलुवाको केक बनाएर लगेँ र भने आज मेरो भाइको जन्मदिन ह्याप्पीवर्थ डे भाइ !! आफ्नै जन्मदिन सम्झननभ्याएको भाइको अगाडी हलुवाकै सही मैन बत्ती र केक थियो ऊ दङ्गदस । भजन टोली भट्याउनथाले भाइको लागिआशीर वाचन । माहोल माघेझरीमा त्यसै त्यसै तात्यो र रम्यो पनि ।

फागुन ७ गते टुप्लुक्क आइपुग्यो । आज मेरा उनीको जन्मदिन । उहाको जन्मदात्री अर्थात मेरी सासु आमा पनि यही हुनुहन्थ्यो। उहाँको धाई आमा पनि भएको बेला थियो । सोचेँ आजलाई कसरी स्पेसल बनाउन सक्छु । केटा केटी सबै पढ्न र पढाउन गएका सल्लाह गर्ने पनि कोही भएन । वर्थ डे ब्वाईको मर्निङ्ग वाकको समय नै यतिलामो भयो कि, उहाँ पशुपति जान पनि भ्याउनु भएन । विहानको खान उहाँका साथीसँगै खुवाएर सोच्न थालेँ । के गरुँ ? स्पेशल कसरी बनाउन सक्छु ? बुढेसकालमा केक ल्याउन ठीक कि बेठीक मान्छे को को डाक्ने ? वर्थ डे भएपछि नानापटेकर नागले फोँडा फिजाएझैँ आइपुग्छन् । ”पैदाहोकर तमरा क्या कन्टिवियसन हे र ढोल मचाते हो दनियाको निद हराम कर के ” । फेरी दुविधामा परेँ कसैलाई दख्दिनृ त मेरो मनसायहोईन । सोच्दा सोच्दैमनलाई एकत्रितपारेँ, अरु जो कोहिलाई केही गरेपनिनगरेपनि मेरो र छोरीकालागि त उहाँ स्पेशलहो नि । सोच्दै एक बजे केक अर्डर गर्न गएँ । लाज पनि लाग्यो । उहाँको नाम केकमा लेख्न भन्दापसल्नी नै दङ्ग परीन र ढिलो आएकोमा गुनासो गर्न थालीन । केक अर्डर गरेपछि, पाहुनालाई फोन गरे । हल्लानगरी आउनु ल भन्दै । आफू पकाउन तल्लिन हुन थालेँ । चार पाँच बजेदेखि पाहुना आउन थाल्नुभयो, टाढा जानेहरुलाई ढिला हुने भएकाले खानादिए । खाना खाएपछि आमा र धाई आमालाई बर्थ डे व्वाईसँगै राखेर केक खोल्दा सबै जना दङ्ग दास हुनुभयो । केक काट्ने र बाँड्ने अनि उपहार पाउँदा वर्थ डे ब्वाइ मात्र होइन, आमाहरु पनि दङ्ग । मेरा श्रीमानलाई जन्माई दिएकोमा आमा र दूधखुवाई दिएकोमा धाई आमालाई उपहार दिँदा उहाँहरुको पनि खुशीको सिमा रहेन । केटाकेटी पाहुनाले दिएको उपहार लिँदा र खोल्दा पैँतालीस वर्ष काटिसकेका मेरा श्रीमानको खुशी साँच्चै चार वर्षे भतिजीको भन्दाकमथिएन । त्यो खुशी र लज्जामिश्रति हाँसोले साँच्चै म त्यसै-त्यसै पुलकित भएकी थिएँ ।

जन्मदिन यत्तिमा कहाँ सिमित हुन्छ र ? लस्कर लागेर आउँछन् हाम्रा घरमा । एघारको परीक्षा नजिकिएकाले सधैँ काटिने गरेको छोरीको जन्मदिनको केक यस पटक हजुरआमा, मामाहुँदै बाबुसम्म आइ पुगेको छ । छोरी भन्न थालेकी छ, यस पाला मामुको पनि केक काट्ने । म निरुत्तरीत नै रहन्छु । मलाई जन्मदिनको वीसका कुरो नै आवश्यक कि अनावश्यक द्धिविधा भईरहेको बेला केक काट्ने कुरा कसरी पचोस र ?

यस्तैमा एक दिन मेरो साथी भनौँ या बहिनी गोपीकाकोमा गएको थिए, उनीले किनेको नयाँ घर हेर्नका लागि । र्फकने बेलामा सानी छोरी श्रीयाले भनी, ठूलो मामु हजुरको वर्थ डे यतै मनाउने है यसपाली, आइस्यो ल ? म हाँसे । नाना पाटेकरलाई सम्झँदै । वर्थ डे मनाउन बनस्थलीदेखि बल्खुसम्म कसरी आउने ? बालसुलबनखरा पार्दै श्रीया छोरीले भनी म बच्चाभएर हजुरले मलाई विश्वास नगरीसेको ?मामु र हजुरको वर्थ डे सँग-सँगै भएकाले एकै ठाउँमा केक काट्ने क्या ठूलो मामु, आइस्यो है ?मुखफुलाएको नखरा पार्छे ऊ । संयोग थियो हाम्रो जन्मवा एउटा प्राकृतिकनियम । हामीले गाउँमा सुत्केरा खप्ट्याएकाथियौँ । त्यसमाअर्को संयोग जुर्‍यो गोपिकाको विवाह मेरै जन्मदिनको दिनमाभयो । वर्थ डे पनिनजिकै एउटै तिरस्कार मात्रहोइन, बात्सल्य र झलुङ्गो समेत एउटै थियो हाम्रो । श्रीयाममाथि मस्कालगाउन छाडि्दन । ठूलो मामु हजुर त हाम्रो स्पेशल ठूलो मामृ हो नि, हजुरको वर्थ डे र पापामामुको मेरिज एनिभर्सरी सँगै मनाउने क्या ? मेरो मात्री हृदय पग्लन्छ । उसलाई मायाले अँगाल्छु र आउँने वाचागर्दै बाहिरिन्छु ।

बाटाभरी मन श्रीयाले नै तानिरही । घरमा छोरी गृष्माले यसपाली त मामृको वर्थ डेमापनि केक काट्ने है ? भनेका कुरालाई बेवास्था गरेकी म, श्रीयाका कुरालाई टार्नै सकिन । उसकीमामु गोपिका र म एकै ठाउँमा जन्मिएकाथियौँ । म दोस्रो छोरीका रुपमाभने, गोपिका अन्तिम अर्थात नवौँ सन्तानका रुपमा । हामीदुवैको जन्मले घर परिवार र छरछिमेकमा कुनै महत्व नराखे पनि हाम्रा बच्चाका लागि त लाग्यो हामी महत्व राख्दा रहेछौँ । त्यसैले नाना पाटेकरलाई ज्याकी श्राफ लगाएर म लागेँ बल्खु मेट्रो कोलोनीतर्फ वर्थ डे मनाउँन । त्यो पनि केक काटेर ।

17 Comments on “नानापाटेकर र मेरो जन्मदिन”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु