गुगलमा देखियो भुत ! :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

गुगलमा देखियो भुत !

पृथ्वीको विस्तृत स्याटेलाइट नक्सा उपलब्ध गराउने साइट गुगल अर्थमा भुत देखा परेको छ । बेलायतको दक्षिण ग्लुसेस्टरसाएरस्थित चार्टलन गाउँको फिल्टोन विमानस्थल क्षेत्रको गुगल नक्सामा भुत देखा परेको हो ।

ब्रिस्टोल निवासी फिओना पावेलले भुताहा गाउँ भनिने उक्त क्षेत्रलाई गुगल अर्थमा हेर्दा अँध्यारो भुत आकृति देखा परेको हो । गाउँलाई डोजर लगाएर विमानस्थल विस्तारको काम भएको उक्त क्षेत्रमा एक जना कालो मान्छे जस्तो भुत तस्वीरमा देखिएको छ ।

अहिले विमानस्थल रहेको त्यो क्षेत्र पहिले भुत पाइने गाउँ रहेको कुरा आफुले पढेपछि त्यसबारेमा जान्न आफुलाई रुची लागेको र आफुले गुगल अर्थमा त्यो क्षेत्रका बारेमा खोज्दा भुत देखा परेको उनले बताइन् । यद्यपि त्यो साँच्चीकै भुत भए नभएको वा त्यो कुनै वस्तुको छाया रहेको भन्ने कुराको भने एकिन हुन सकेको छैन ।

24 Comments on “गुगलमा देखियो भुत !”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु