गौतम “उदय”
धेरै पछि आज तिम्रो, परिभाषा पाएँ मैले
गुने मनमा धेरै अनि, यस्तै अर्थ लाएँ मैले ।
तिमी भित्र मुटु होला, मुटु भित्र मायाँ छैन
रूप होला रंग होला, तर त्यसको छायाँ छैन
जोड अनि घटाउ गरें, अनि अर्थ लाएँ मैले
ठयाक्कै मिल्ने तिमीलाई, परिभाषा पाएँ मैले।
यौबन होला सबै होला, भित्र भने रसै छैन
गति होला गिदी होला, तर त्यसमा गुदी छैन
नापें फेरी जोखें तिम्लाई, अनि अर्थ लाएँ मैले
ठयाक्कै मिल्ने तिमीलाई, परिभाषा पाएँ मैले ।
हात होला औंला होला, पिटे पनि तालि छैन
साँध होला सीमा होला, तर कुनै जाली छैन
शूष्म यन्त्र लाएँ आज, अनि त्यस्तै पाएँ मैले
साँच्चै मिल्ने तिमीलाई, परिभाषा पाएँ मैले ।
शीर होला पाउ होला, रत्ती पनि इमान छैन
बन्धन होला बाचा होला, तर त्यसमा जमान छैन
हिसाब मिलान गरें आज, अनि अर्थ लाएँ मैले
साँच्चै मिल्ने तिमीलाई, परिभाषा पाएँ मैले ।
kohi ta dhokebaaj hunchhan. Swarthakolaagi je pani garchhan.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
WOW really dami!!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
RAMRO DHERAI RAMRO6 PROFESSIONALLY LEKHNE GARNUS MITRA
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
maya prem yastai ho.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ramro6.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Ramrai chha. Lekhne Gautam ji le pani dhoka khae jasto chha
Manchhe bujhnai garo hune! dekhaune ra chapaune dat nai pharak pharak hune.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]