जापानको होक्काइदोमा हिमआँधी, ६ को मृत्यु :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

जापानको होक्काइदोमा हिमआँधी, ६ को मृत्यु

२० फागुन, टोक्यो । जापानको उत्तर-पूर्वी टोहोकु र होक्काइदो क्षेत्रमा गएको हिमआँधीबाट छ जनाको ज्यान गएको छ । होक्काइदोको नाकासिबेत्सुमा हिमआँधीबाट एक महिलासहित उनका तीन बालबालिकाको मृत्यु भएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् । हिमआधीमा परि ज्यान गुमाएका अन्य दुई जनाको पनि शब फेला परेको जापानी प्रहरीले जनाएको छ । हिमआँधीबाट अन्य एक ५३ वर्षीय पुरुष र अर्का एक व्यक्ति मृत फेला परेका छन् ।

यसैबीच जापानका प्रधानमन्त्री सिन्जो ओबेले प्रकोप व्यवस्थापन राज्यमन्त्री केइजी फुरुयालाई यस घटनाबाट भएको क्षती, यातायात व्यवस्थालगायत स्थानीय बासिन्दाको अवस्थाबारे अवलोकन गर्न आदेश दिनुभएको छ । रासस/सिन्हृवा

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु