वैज्ञानिकहरुले बच्चाले जन्मिनु तिन महिना अघि नै पाठेघरमा रहेको अवस्थामा बाहिरी वातावरणको आवाज सुन्ने तथ्य पत्ता लगाएका छन् ।
फ्रान्सेली वैज्ञानिकहरुले बच्चाले गर्भमै बाहिरको आवाज सुनेर चिन्नसक्ने दाबी गरेका हुन् । युनिभर्सिटी अफ पिकार्डीका शोधकर्ताहरुले २८ हप्ताको गर्भको अप्टिकल स्क्यानिङ गरी यो कुराको प्रमाणित गरेका हुन् ।
बच्चाले गर्भमै बाहिरको आवाज सुन्न सक्ने र उक्त आवाज महिला वा पुरुष कसको रहेको छुट्टाउन सक्ने निष्कर्ष उनीहरुको छ । गर्भ रहेको ६ महिनामा बच्चाको कान विकशित हुन्छ । यसपछि ऊ आफ्नी आमाको बोली सहित अरु विभिन्न आवाज सुन्न र छुट्टाउन सक्ने हुन्छ ।
तर, बोलेको कुरा बुझ्ने क्षमताको विकाश भने गर्भमै वा जन्मेपछि हुन्छ भन्ने कुरा भने वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् । तर पछिल्लो अध्ययनले के कुरा देखाएको छ भने बच्चाले गर्भमै रहँदाबाट भाषा सिक्न सुरु गर्छ ।
अर्जुन पुत्र अभिमन्युले गर्भमा हुंदा बुआले बोलेको सुनेको सत्य रहेछ
Well-loved. Like or Dislike:
22
1
[जवाफ फर्काउनुहोस्]
France lai k tha hamro nepal ma hajaurau sal pahila tha thiyo. Arjun ko 6ora ABIMANNU li garva mai nai suner bir yodha vaya ko thiyo. 1choti bedisi haru lai Mahabarat padana dinu parni.
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
France ani biswa dunia lai k tha hamro nepal ma hajaurau sal pahila tha thiyo. Arjun ko 6ora ABIMANNU li garva mai nai suner bir yodha vaya ko thiyo. 1choti bedisi haru lai Mahabarat padana dinu parni.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]