रियाद । एनआरएनए एनसिसी साउदी अरबका प्रवक्ता बिमल गौतमले दिनुभएको राजीनामा स्वीकृत भएको छ । २८ फेब्रुअरीमा गौतमले पदवाट राजीनामा दिएपछि १ मार्चमा बसेको एनसिसी सचिवालय बैठकको राय लिर्इ अध्यक्ष धरम केसीले उहाँको राजीनामा स्वीकृत गर्नु भएको हो ।
बैठकले करारनामा पूरा भैसकेका कामदारहरूका केशमा आफ्नो कानूनी दायित्व नरहेता पनि नैतिक तथा सामाजिक दायित्व निर्बाह गर्दै स्वदेश फर्किन बांकि रहेका केही कामदारहरूलार्इ समेत यथाशिघ्र स्वदेश फर्काउन आफ्नातर्फबाट सक्दो पहल गरिरहेको र ती कामदारहरू स्वदेश नफर्किउञ्जेल आफ्ना तर्फबाट खाना खर्च उपलब्ध गराउनुभएकोमा सराहना गरेको छ । एनआरएनए साउदी अरबका संस्थापक महासचिव रहिसक्नुभएका बिमल गौतमले आफ्नो खास कुनै दोष नरहेता पनि आफ्नो निजी ब्यवसायलार्इ संस्था (एनआरएनए साउदी अरब) संग जोड्दै संस्थामाथि नै आंच पुर्याउने गरी बिभिन्न मिडियाहरूमा गरिएको प्रचारबाजीबाट आंफू स्तब्ध भएको र यस्ता घटनाहरूबाट संस्थालार्इ अलग राख्न र निष्पक्ष – स्वतन्त्र छानबिनलार्इ सहज तुल्याउन दिनुभएको राजीनामा दिएको स्पष्ट पार्नु भएको छ । अरू एनआरएनकर्मीहरूका लागि पनि त्याग र नैतिकताको उत्प्रेरक नजिर बनोस भन्ने कामना समेत उहाँले गर्नु भएको छ ।
बैठकले यस प्रकरणमा थप छानबिन तथा उद्धार कार्यको अद्यावधिक अनुगमन गरी १ साताभित्र प्रतिवेदन बुझाउने गरी एनआरनएका आइसिसी सदस्य राजु पौडेलको संयोजकत्वमा उपाध्यक्ष दिनेश सुनुवार (जेद्धा) र महासचिव रमेश भण्डारी (रियाद) सम्मिलित एक ‘जांचबुझ समिति’ पनि गठन गरेको छ ।