विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिको नयाँ नेतृत्वका लागि आगामी असार १४ गते निर्वाचन हुने भएको छ ।महासङ्घ सचिवालयको शनिबारको बैठकले सो निर्णय गर्दै महासङ्घ सल्लाहकार तथा पूर्वराजदूत मुरारीराज शर्मा (बेलायत) लाई निर्वाचन आयुक्तमा चयन गरेको छ ।
बैठकले केन्द्रीय सल्लाहकार डा कविताराम श्रेष्ठ अस्वस्थ भई बेलायतको गिलफोर्ड अस्पतालमा भर्ना हुनुभएकामा उहाँको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको महासङ्घका महासचिव विश्वदीप तिगेलाले जानकारी दिनुभयो ।
सम्पूर्ण नेपाली साहित्यलाई समेट्ने उद्देश्यले भानुजयन्ती (विसं २०६७) का दिन महासङ्घको औपचारिक स्थापना भएको हो । महासङ्घमा हाल विश्वभरका विभिन्न ११ मुलुकमा १३ वटा शाखा, यसमा चार साहित्यिक संस्थाको आबद्धता रहनाका साथै विश्वभरबाट करिब २५ आजीवन तथा संरक्षक सदस्य रहेका छन् । रासस
म पनि सदस्य बन्न चाहन्छु। यसका लागि के गर्नुपर्छ ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]