न्यूयोर्कमा अन्तर्राष्ट्रिय महिला दिवश मनाइयो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

न्यूयोर्कमा अन्तर्राष्ट्रिय महिला दिवश मनाइयो

न्यूर्योक । नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरले १०२ औँ विश्व महिला दिवस विविध कार्यक्रमका साथ मनाएको छ । नेपालमा बढ्दो महिला हिंसा र ज्यादतीलाई मुख्य बिषय बनाउदै गरिएको अन्तर्कृया कार्यक्रमका सबै वक्ताहरुले महिला माथि हिम्सा हुनुको मुख्य कारणहरु पितृ सतात्मक सोच, धार्मिक र सामाजिक संस्कार, आर्थिक ,अशिक्षा, चेतनाका कमी, पुरातन रुडिबादी सोचका साथै केही मात्रामा, पुरुष र समाजनै मौन रहनुले भएको बताएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पुर्व सभासद महेन्द्र ध्योज जि. सि. काँग्रेस नेता त्रैलोक्यो प्रताप सेन, नेपाली काँग्रेस उत्तर अमेरिकाका केन्द्रिय प्रतिनिधि मृदुला कोइराला, संयुक्त राष्ट्र संघका लागि स्थाइ प्रतिनिधि का. सेवा लम्साल अधिकारी. गोमा सेन लगायतले आफ्नो मन्तब्य राखेका थिए।

One Comment on “न्यूयोर्कमा अन्तर्राष्ट्रिय महिला दिवश मनाइयो”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु