धुलो-धुँवाले आँखाको समस्या बढ्दो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

धुलो-धुँवाले आँखाको समस्या बढ्दो

२२ फागुन, काठमाण्डौं । गर्मी सुरु भएलगत्तै अस्पतालमा आँखासम्बन्धी समस्या लिएर आउने विरामीको संख्या बढेको छ । जाडोभन्दा गर्मी मौसम खाँखाको लागि प्रतिकूल रहेको चिकित्सकहरुको भनाई छ ।

गर्मीमा बढी मात्रामा आँखा पाक्ने (कन्जन्टेभाइटिस), आँखा चिलाउने र सुखा हुने लगायतका समस्या देखिन्छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको बिपी कोइराला नेत्ररोग अध्ययन केन्द्रका विभागीय प्रमुख डा. आनन्दकुमार शर्मा वायु प्रदूषण, अत्यधिक मात्रामा रहेको धुलोले राजधानीमा यसबर्ष गर्मी सुरु भएसँगै धेरै बिरामीको आँखा रातो देखिएको बताए । ‘काठमाण्डौंमा भइरहेको सडक विस्तारले धुलोको मात्रा थपेको छ, धुवाँका कारण पनि प्रदूषण बढेको छ,’ उनले भने, ‘चैत-बैशाखमा सबैतिर सुखा हुने भएकाले यो याम आँखाका लागि सबैभन्दा जोखिम पूर्ण हुन्छ ।’

कन्जन्टेभाइटिस हुँदा आँखाको सबैभन्दा बाहिरी झिल्ली रातो भई सुन्निने, विस्तारै आँसु बग्ने र चिप्रा लागेर परेलीको डिल सुन्निने डा. शर्माको भनाई रहेको नागरिक दैनिकमा खबर छ । कन्जेन्टेभाइटिस ब्याक्टेरिया र भाइरस दुबै कारणले हुन्छ । ब्याक्टेरियाका कारण बच्चामा कन्जन्टेभाइटिस बढी हुने गरेको छ ।

रोगबाट बच्ने उपाय

· कन्जन्टेभाइटिसका बिरामीले प्रयोग गरेको औषधी, आँसु पुछेको रुमाल र संसर्गबाट सर्ने हुनाले सकेसम्म बिरामीले प्रयोग गरेकेा वस्तु प्रयोग नगर्ने ।

· आँखा चिलाउँदा तथा सुख्खा भएमा कृत्रिम आँसु प्रयोग गर्ने र ओसिलो बनाउने ।

· केटाकेटीलाई बढी घाम, धुलो र धुँवाबाट जोगाउने ।

· कालो चस्माको प्रयोग गर्ने ।

· केटाकेटीलाई नियमति चिसो पानीले अनुहार र आँखा धुन सिकाउने ।

· टेलिभिजन हेर्दा वा कम्प्युटरमा काम गर्दा आराम गर्ने तथा चिसो पानीले मुख धुने ।

· मोटरसाइकलमा हिँड्नेले भाइजर प्रयोग गर्ने ।

· आवश्यक मात्रामा झोल पदार्थ पिउने ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु