मोहन चन्द्र बराल
नर्थ क्यारोलिना । नर्थ क्यारोलिना जन सम्पर्क समितिले स्वर्गीय सन्तनेता कृष्णप्रसाद भट्टरार्इको दोस्रो स्मृति दिवस एक कार्यक्रमको आयोजना गरि हार्दिक श्रद्धान्जली अर्पण गरेको छ । सोमबार एक कार्यक्रमकावीच स्वर्गीय पूर्व प्रधानमन्त्री एबं नेपाली कांग्रेसका संस्थापक नेता सन्त नेता भट्टराईको चिर शान्ति र मुक्तिको कामना साथ हार्दिक श्रद्धान्जली अर्पण गरिएको हो ।
स्मरणीय आदरणीय शान्तिकामी किसुनजीको व्यक्तित्त्व, योगदान र आदर्श सन्दर्भमा समितिका बिभिन्न पदाधिकारी हरु मोहन चन्द्र बराल, नरेश ठकुरी, डा. श्रीकान्त अधिकारी, डा. हरिहर भट्टराई, ठाकुर पन्त, आर. पी. पौडेल, गोबिन्द कंडेल, तिलोचन दवाडी, बीच अन्तरक्रिया भएको थियो |