माल्दिभ्सका पूर्व राष्ट्रपति नाशीद पक्राउ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

माल्दिभ्सका पूर्व राष्ट्रपति नाशीद पक्राउ

२२ फागुन, काठमाडौं । माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नाशीदलाई मालेस्थित उहाँकै निबासबाट गिरफ्तार गरिएको छ । अदालतबाट उनीविरुद्ध तेस्रो वारेन्ट जारी गरेपछि नाशीद पक्राउ गरेका हुन् ।

सरकारका प्रवक्ता शाहुना अमीनाथले ठूलो संख्यामना रहेका प्रहरीले नाशीदलाई गिरफ्तार गरेको बताएका छन् । उनीमाथि सेनाको प्रयोग गरेर अपराधिक अदालतका मूख्य न्यायाधीश अब्दुल्ला मोहम्मदलाई असंवैधानिक रुपमा नजरबन्दमा राखेको आरोप छ । नाशीदले भने आफूविरुद्ध राजनीतिक प्रतिरोधका कारण मुद्दा लगाइएको हो ।

यसअघिका दुई वारेन्टबाट बच्न उनले भारतीय दूताबसमा शरण लिएका थिए । ११ दिन त्यहाँ बसेपछि उनी गत शुक्रबार घर फर्किएका थिए ।

One Comment on “माल्दिभ्सका पूर्व राष्ट्रपति नाशीद पक्राउ”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु