जुन रफ्तारले प्रविधिको विकास भइरहेको छ, त्यसले मानिसको रहनसहनमा पनि परिर्वतन ल्याएको छ । कम्प्युटर क्षेत्रको नामी कम्पनी माइक्रोसफ्टले ‘स्पेस अफ दि फ्युचर’ नामको नयाँ मोडल ल्याएको छ । जसमा अबको ५ वा १० वर्षपछिको हाइटेक जीन्दगी कस्तो हुन्छ भन्ने प्रष्ट देखिन्छ ।
बाशिङ्ग्टनस्थित माइक्रोसफ्टको मुख्यालयमा भविश्यको यो घर बनाइएको छ । यसमा अध्याधुनिक प्रविधिमा आफ्नो अनुहार हेर्न सकिन्छ भने एक इसाराको भरमा खाना पकाउने जस्ता दैनिक घरेलु काम गर्न सकिन्छ ।
माइक्रोसफ्टको यो महत्वपूर्ण प्रोजेक्टसँग जोडिएका एन्टन एड्र्यूजका अनुसार उक्त घरमा रहेको विशेष डेस्क आवश्यकता अनुसार तलमाथि गर्न सकिन्छ । जसमा तपाई आरामसँग काम गर्न सक्नुहुनेछ, अनि हेर्दा हेर्दै फुलेर कम्प्युटर स्क्रीनका रुपमा अगाडी आउँछ । यो स्क्रीनले मानिसको अनुहार चिनेर उसका सम्वन्धित बस्तुहरु स्क्रीनमा प्रस्तुत गर्छ । त्यस्तै यसमा रहेक सूचनामा एक कमाण्ड हुन्छ जसले एक अर्कासँग जोडिएको सूचनादेखि सर्चसम्मको सुविधा दिन्छ । सर्चमा जाँदा सम्वन्धित भिडियो, तस्वीर र अन्य जानकारीसमेत पाइन्छ । सुरुमा सेतो वा कालो बोर्ड हुनेछ, जसमा तपाई लेख्न सक्नु हुनेछ । त्यसपछि टच स्क्रीन भएको प्यानल आउँछ, जसमा तपाई सबै काम गर्न सक्नुहुन्छ, एउटै स्त्रिmनमा यी मल्टिपल काम सहजै हुनेछन् ।
भविश्यमा यस्तो सामाग्रीमा थुप्रै प्रकारको कमाण्ड निहिन हुनेछ । जसमा तपाईलाई यस सामाग्रीको पछिल्लो अवस्था देखाइनेछ भने केही कमाण्ड उक्त सामाग्रीलाई सर्चको माध्यमबाट अपडेठ पनि गराउँछ ।
किचनको मज्जा
यदि भोक लागेको छ भने घरको किचनले आफैं तपाईलाई मन पर्ने खाना बनाउन भरपूर प्रयास गर्छ । मान्नुस् तपाई एक भेडे खुर्सानी -क्याप्सीगम) लिएर स्क्यानरका अगाडी उभिनुहुन्छ,त् यसले कोप्सीक्यामबाट बन्ने सबै परिकार र त्यसको तस्वीर स्त्रिmनमा देखाउँछ ।
मन पर्ने खाना बनाएपछि जब तपाई कुकिङ टेवलतर्फ जानु हुनेछ, त्यस डिशमा प्रयोग भएको सामाग्रीको तस्वीर देखिन्छ, ताकि केही नछुटोस् । साथै बनाउने विधि पनि बताइनेछ । जब तपाई चुलातिर जानुहुन्छ, त्यसको तामक्रम डिशका अनुसार तय हुन्छ ।
माइक्रोसफ्टले यसलाई आगामी दशकको हाइटेक जीवनको झलकका रुपमा पेश गरेको छ । बिल गेट्सले माइक्रोसफ्टको प्रत्यक्ष नेतृत्व त्यागेपछि अहिले स्टीभ वालमरले यो कम्पनी हाँकिरहेका छन् । हालै उनलाई सोधियो- नयाँ कार्यकारीको नेतृत्वप्रति खुसी हुनुहुन्छ ? उनले भने- उनको नेतृत्वमा पछिल्ला बर्षहरुमा धेरै नयाँ चिज भइरहेको छ ।’
सायद यही नयाँ चीजको खोजीको एउटा परिणाम होला-भबिष्यको हाइटेक घरको कन्सेप्ट ।’ यसले माइक्रोसफ्टको शाख उठाउन पनि मद्दत गर्ने बीबीसीले अनुमान गरेको छ ।
wow dami lagyo
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
HOINA HOLA ?
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
sudhamsu Reply: March 6th, 2013 at 6:22 am
hola
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
उपभोक्तावादको अंत छैन. यो चरम
उपभोक्तावाद मानवताको विनासको
कारण बन्ने छ.
Like or Dislike:
8
2
[जवाफ फर्काउनुहोस्]
Abhi Reply: March 7th, 2013 at 2:31 pm
pandit baje mantra japdai basdai gara na ta
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
माइक्रोसफ्टले ५-१० बर्षमा हाइटेक घर बनाउन कस्सिएको छ भने हामी पनि तेतीनै समय हाइटेक घर चलाउन बिजुली निकाल्नमा कस्सिने हो कि
Well-loved. Like or Dislike:
26
1
[जवाफ फर्काउनुहोस्]
jaideep koyu Reply: March 7th, 2013 at 3:55 pm
gre8 idea !
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
तर नेपालमा मा पनी ।।।।।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
k garnu ho… hami nepaliharulai aakasko phal aankha tari mar ta ho ni hoina vane tapaiharunai vannus kyare
Like or Dislike:
1
2
[जवाफ फर्काउनुहोस्]
खाने कुरा किनेर ल्याउनु पर्यो, बिजुली को बिल पानीको बिल कोले तिर्ने होर?फिरिमा भए त एस्तो घर बनाउनु हुन्थ्यो
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
yo parbidiko bazzzar cost kati holabhanne kura ko cintalag yo
yo asamavab6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]