मोटाएका कैदीले मागे ९० दिनको छुट्टी :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मोटाएका कैदीले मागे ९० दिनको छुट्टी

भारतको महाराष्ट्रस्थित पूणेको यरवदा केन्दि्रय जेलका एक कैदीले ९० दिनको विदा मागेका छन् । जेलमा बस्नेले समेत विदा मागेको कुरा आफैमा अनौठो छ ।

अझ अनौठो र रोचक कुरा त उनले विदा माग्नुको कारणबारे पो छ । २७ वर्षका आत्माराम डेन्गले नामका ती कैदीले आफ्नो मोटोपन घटाउनका लागि छुट्टी मागेका हुन् । जेलमा बलात्कारको आरोपमा ८ वर्षको जेलसजाय काटिरहेका आत्मारामले मोटोपनको उपचारमा सर्जरी गर्नुपर्ने भएपछि उपचारका लागि ९० दिनको छुट्टी माग गरेका हुन् ।

उनले आफुलाई उपचारका लागि छुट्टीको व्यवस्था मिलाइदिन मुम्बइ उच्च अदालतमा मुख्य न्यायाधीशलाई चिठी लेखेका छन् । पत्रमा आत्मारामले आफु मोटोपनबाट निकै पीडित रहेको र दैनिक उठबसका लागि समेत असमर्थ भएको बताएका छन् । मलाई उपचारका लागि ९० दिनको छुट्टी चाहिएको छ, श्रीमानले छुट्टी पाउने व्यवस्था गरिदिनुहोस्, उनले लेखेका छन् ।

जेलका चिकित्सा अधिकारीहरुले पनि आफुलाई आफुलाई शल्यक्रिया गर्न सुझाव दिएको उनले बताएका छन् । आफ्नो उपचारका सुविधा स्थानीय कुनैपनि अस्पतालमा नभएकाले आफु बाहिरै गएर उपचार गराउनुपर्ने र त्यसका लागि आफुलाई तिन महिना जेलबाट विदा दिनुपर्ने उनको माग छ ।

3 Comments on “मोटाएका कैदीले मागे ९० दिनको छुट्टी”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु