२२ फागुन, काठमाडौं । ब्वाइज युनियन क्लब ए डिभिजन लिगमा बढुवा भएको छ । मंगलबार भएको खेलमा स्वयम्भू क्लबलाई ३-२ गोलले पराजित गर्दै ब्वाइज युनियन २६ अंक बी डभिजन लिग च्याम्पियन बनेको हो । ब्वाइज युनियन २ वर्ष अघि ए बाट बी डिभिजनमा घटुवा भएको थियो ।
२५ अंक जोडेको टुसाल दोश्रो, २२ अंक जोडेको सामाजिक युवा क्लब तेश्रो र २२ अंक सहित विरगन्ज युथ एकेडेमी चौथो भयो । काठमांडौ क्लब यसअघि नै रेलिगेशनमा परेको छ । प्रतियोगितामा भाग नलिएको कोईलापानी पोलस्टार र स्टार क्लब सी डिभिजनमा घटुवा भइसकेको छ ।
Congrats to the boys Union for this success, we will surely cheer for you in the next season..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]