फोर्ब्सँग सम्बन्ध तोडे साउदी राजकुमारले, हेपेको आरोप :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

फोर्ब्सँग सम्बन्ध तोडे साउदी राजकुमारले, हेपेको आरोप

पहिलोपटक नेपालका बिनोद चौधरीलाई बिश्वका अर्बपतिहरुको सूचीमा राख्ने फोर्ब्सपत्रिकाको चर्चा अहिले नेपालमा चुलिएको छ । तर लामो समयदेखि त्यही सूचीमा पर्दै आएका साउदी बिजनेस टाइकुन तथा राजकुमार अलवालिद बिन तलाल भने पत्रिकाले आफुलाई हेपेको भन्दै रिसाएका छन् ।

पत्रिकाले पछिल्लोपटक प्रकाशन गरेको सूचीमा आफ्नो सम्पत्तिको वैज्ञानिक तरिकाले मूल्याङकन नगरिएको, नियोजितरुपमा आफुमाथि भेदभाव गरेको, मूल्याङ्कन बिधिमा अस्थीरता देखिएको र आफ्नो छवि तथा सम्पत्तिलाई अबमूल्यन गरिएको तलालले आरोप लगाएका छन । सन् २०१३ का अर्बपतिको सूचीमा तलाल २६ औं स्थानमा छन भने उनको सम्पत्ति २० अर्ब अमेरिकी डलर रहेको बताइएको छ ।

उनले पत्रिकाका प्रधान सम्पादक स्टीभ फोर्ब्सलाई एक पत्र लेख्दै सूचीबाट आफ्नो नाम हटाउन आग्रह गर्दै बिगतदेखि पत्रिकासँग रहिआएको सम्बन्ध पनि तोडेको घोषणा गरेका छन । उनले अबदेखि पत्रिकाका मूल्याङ्कनकर्ताहरुसँग काम नगर्ने र सहयोग नगर्ने उल्लेख गरेका छन । ‘राजकुमारको कार्यालय र उनको कम्पनी ‘किङडम होल्डिङ्स इन्भेष्टमेन्ट ग्रुपले पत्रिकासँगको लामो सम्बन्ध तोडेका छन’ उनको कम्पनीले निकालेको बिज्ञप्तिमा भनिएको छ ।

‘राजकुमार अब यो प्रकृयामा सहभागी हुनुहुन्न, पत्रिकाले गलत तथ्याङ्कको प्रयोग र नियोजित रुपमा मध्यपूर्वका लगानीकर्तालाई हानी पुर्‍याउने हिसावले काम भएका कारण यस्तो अबस्था आएको हो’ बिज्ञप्तिमा भनिएको छ । उनको कम्पनीले ब्लुमबर्गको अर्वपतिहरुको सूचीकरणलाई भने निरन्तर सहयोग गर्ने र सहभागीता जारी राख्ने बताएको छ । ब्लुमबर्गको मूल्याङ्कन बिधि बढि तथ्यमा आधारित रहेको उनले बताएका छन् । फोर्ब्सले राजकुमारको सम्पत्ति २० अर्ब अमेरिकी डलर रहेको उल्लेख गरेको छ भने ब्लुमबर्गले २८ अर्ब रहेको बताएको छ ।

किङडम होल्डिङमा तलालको ९५ प्रतिशत सेयर छ । बिश्वका ठूला बहुराष्ट्रिय वैंक, बित्तिय संस्था, होटल र संचारमाध्यममा लगानी गरेका तलालले सन् २०११ मा सामाजिक संजाल ट्वीटरमा ३ सय मिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका थिए ।

12 Comments on “फोर्ब्सँग सम्बन्ध तोडे साउदी राजकुमारले, हेपेको आरोप”
  • युगेश श्रेष्ठ wrote on 6 March, 2013, 5:28

    नेपालको गौरव विनोद चौधरीलाई हार्दिक बधाई………..

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 30 Thumb down 42

    [जवाफ फर्काउनुहोस्]

    भोला कोइराला Reply:

    देशको ५ अर्ब लुटनेलाई बधाई दिने कस्ता हौ हामी पनि…

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 38 Thumb down 20

    [जवाफ फर्काउनुहोस्]

    keenseej Reply:

    binod chaudhary is very cunning and liar person which can be also proved by the book written by himself lately. additionally, there are other richer person than chaudhary in our country . he submitted wrong data before the paper. liar and cunning guy

    Like or Dislike: Thumb up 13 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

    surendra khatiwada Reply:

    congratulation Binod chaudhary

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Bhesh Sharma wrote on 6 March, 2013, 8:29

    नेपालको गौरव विनोद चौधरीलाई हार्दिक बधाई………..

    Like or Dislike: Thumb up 16 Thumb down 33

    [जवाफ फर्काउनुहोस्]

  • Mr. Watchdog ! wrote on 6 March, 2013, 10:37

    मेरो बुझाइमा ५ अर्बको गैरकानुनी VAT फिर्ता लिएका बिनोद चौधरी कम मा कम यो बर्ष फोर्ब्सको अरबपतिको सुचीमा परेका छैनन् | सामान्य अर्थमा बुझ्दापनि ५ अर्ब बिगो ५ अर्ब जरिवाना गरि जम्मा १० अर्ब रुपैया घटाउनु पर्छ उनको सम्पत्ति बाट | ल भन्नुस कसरी भए उनि विश्व अर्बपति ?

    Well-loved. Like or Dislike: Thumb up 77 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • With Love From Desert wrote on 6 March, 2013, 10:41

    Bin Talal is the Don of Saudi Arabia….

    Like or Dislike: Thumb up 14 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Tony wrote on 6 March, 2013, 23:29

    Binod chaudhary is very clever businessman. He know how to influence Nepal’s corrupted politicians and bureaucrats. He dodged huge amount of taxes (corporate as well as VAT), he illegally invested in foreign countries. If Nepal’s law does not allow Nepalese to invest abroad how He could manage huge amount of foreign currencies (Dollar) to make investment in foreign countries. Nepal’s authorities should investigate his business dealings in foreign countries. Enlisting 1st Nepalese in FORBES’ billionaires should not be made headline News, Nepal should care about how to eradicate hunger and poverty, how to provide basic needs (education, health, jobs) to millions and millions of its citizen. Thank you.

    Well-loved. Like or Dislike: Thumb up 22 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • dipak wrote on 7 March, 2013, 7:50

    We can believe that he earned the same money but can government investigate that amount is tax paid or not?

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • deepak wrote on 7 March, 2013, 8:06

    Chaudhary can not be our pride… he is a dishonest businessman evading taxes of huge, unimaginable amount.this news should be condemned not praised and government(if there’s any)should probe into Chaudhary’s financial affairs.

    Like or Dislike: Thumb up 11 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • devendra wrote on 8 March, 2013, 3:58

    ….at least the Nepalese is also reachest in the world so we should earn money with various way not only Bandh, hadtal etc. hi hiahahah

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Naryan wrote on 8 March, 2013, 9:30

    हामीले यो बुझ्न जरूरी छ कि बिनोद चैाधरी एक चलाख (धुर्त) ब्यापारी हुन, किनकी उनले हाम्रो देशमा रहेका भ्रष्ट्र नेता तथा कर्मचारी लाइ किन्न सपफल भए र पाँच अर्व रूपैया बरावरको राज्यकोषामा जाने रकम VAT मार्फत ब्रम्ह्ल्रट गरे । यदि उनी बिश्वको धनीको सुचीमा पर्नु या नपर्नु सँग गरीब देशका गरीब नेपाली लाइ कुनै गर्वको विषय रहेन । उनका लगानी जनमुखी भन्दा पैसामुखी रहेका छन्र । भलै कसैलार्इ रोजगारी दिएका होलान ……….।

    Like or Dislike: Thumb up 10 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु