अबको एक हप्ता सरकारी जागिरेलाई मालामाल :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अबको एक हप्ता सरकारी जागिरेलाई मालामाल

२३ फागुन, काठमाडौं । बन्दको कारण गाडी नचलेर लखरलखर हिँड्नुपरेपनि कार्यालय पुगेपछि भने धेरैको काम हुँदैन । किनकी बन्दको बेला घण्टौं हिँडेर सेवाग्राही कामको लागि कार्यालय जाँदैनन् । सेवाग्राही नगएपछि धेरै सरकारी कर्मचारीको दिन हाई काढेरै बित्ने हो । केहीको फाइल मिलाउने र टिप्पणी लेख्ने काम भएपनि बन्दको बेला यस्तो काम गर्न पनि मूड नहुने एक कर्मचारीले बताए ।

सधैंको बन्दमा यस्तै आज पनि सरकारी कर्मचारीहरु सुकिला लुगामा ठाँटिएर ठूलो भूँडी हल्लाउँदै हिँडेर कार्यालय पुगेका छन् । भरे र्फकंदा पनि उनीहरुले यस्तै सास्ती व्यहोर्नुपर्छ । तर दिनभर काम गर्न नपर्ने भएकाले कार्यालयमै थकाई मार्न उनीहरुले पाउँछन् । यो क्रम भोलि बिहीबार पनि दोहोरिने पक्का छ । किनकी बिहीबार पनि नेपाल बन्दको घोषणा भैसकेको छ ।

बुधबार र बिहीबारको बन्दमा काम नभएपनि कार्यालय जानुपर्ने हैरानी खेपेका सरकारी कर्मचारीलाई त्यसपछिका केही दिनमा भने हाइसञ्चो हुनेछ । शुक्रबार अन्तर्राष्ट्रिय नारी दिवसमा महिला कर्मचारीलाई मात्र होइन, पुरुष कर्मचारीलाई पनि बिदा छ । शनिबार यसैपनि सार्वजनिक विदा भयो । आइतबार पनि महाशिवरात्रीको सार्वजनिक छुट्टी छ । सोमबार एक दिन कार्यालय गएपछि मंगलबार फेरि घ्याल्चो ल्होसारको छुट्टी छ । त्यसैले अबको एक हप्ता सरकारी कर्मचारीलाई मालामाल छ । निजी क्षेत्रमा काम गर्ने कर्मचारी धेरैले यो सुविधा पाउँदैनन् ।

शिक्षकलाई अझै मस्ती

विद्यालय तथा क्याम्पसमा पढाउने शिक्षकले अरु सरकारी कर्मचारीले जस्तो बन्दको बेला पनि कार्यालय जान पर्दैन । किनकी बन्दको बेला विद्यालय तथा क्याम्पस बन्द हुन्छन् । यो हिसाबले बुधबार र बिहीबार नेपाल बन्द, शुक्रबार नारी दिवस र शनिबार सार्वजनिक बिदाको कारण चार दिनसम्म शिक्षकलाई मस्ती हुने भयो । आइतबार एक दिन गएपछि सोमबार फेरि छुट्टी बस्न पाइन्छ । त्यसमाथि गएको आइतबार र सोमबार शिक्षण संस्था बन्द भएका कारण त्यो बेला पनि धेरै शिक्षकले फुर्सद पाए ।

शिक्षकलाई यति धेरै मस्ती भएपनि विद्यार्थी भने मारमा परेका छन् । अहिले लाखौं विद्यार्थी एसएलसी र वाषिर्क परीक्षाको तयारीमा छन् । लगातारको बन्दले उनीहरुको पठनपाठन प्रभावित बनेको छ ।

24 Comments on “अबको एक हप्ता सरकारी जागिरेलाई मालामाल”
  • Swosti wrote on 6 March, 2013, 4:29

    niji chhetra ka karmachari haru laie dheraie garo pareko chha. mahila divasko din mahila harulaie naie bida chhaina.

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    bhuwan paudel Reply:

    ghus khane lai pachaune samay milyo.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sawoon wrote on 6 March, 2013, 4:37

    voli pane banda ho ra

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    कांग्रेसी Reply:

    चिन ले थेग्न नसकेको माओको कम्युनिज्म हामि नेपालि ले कसरि थेग्ने र कहिले सम्म थेग्ने / यो कम्युनिश्ट को बोझा कहिले सम्म बोकने / सरकार को अत्याचार पनि कम्युनिस्ट को, सरकार बाहिर को अत्याचार पनि कम्युनिस्ट को, दुबै तिर बाट कम्युनिस्ट ले थिचे पछि अनि जनता कहां जाने /

    Like or Dislike: Thumb up 19 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • यातायात क्षेत्रमा भाडा बढाउने र बढ्ने खबरले फेरि एकपटक लुट मच्चिने भयो l यो बहानामा कन्डक्टरहरुले यात्रुलाई बढेको भाडा लिन सुरु गरिहाल्छन र यात्रुले पनि खबर/न्युजले गर्दा विवाद गर्न मिल्दैन र मागे जति भाडा दिन बाध्य हुन्छन l किन भने संचालक बोर्ड या संघले निर्णय नगरि सरकारले बढाएको नया भाडादर आफु खुसि भाडा बढाउनु हुदैन त्यो कुरा यात्रुले थाहा नपाएको कमजोरीको फाइदा लुट्न कर्मचारी तल्लिन हुन्छन l मुख्यत : सार्वजनिक सवारी साधन चढ्ने जनतालाई थप आर्थिक भार थपिएको छ । सवारी साधनको भाडामा बृद्धि भएपछि दैनिक प्रयोग हुने खाद्यन्न बस्तुहरुको मूल्यको मूल्यमा पनि धेरै बृद्धि हुनेछ । जसबाट कमजोर आर्थिक अवस्था भएको जनताहरुलाई आर्थिक भारले अझै थिच्ने निश्चित छ ।

    Like or Dislike: Thumb up 10 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Balbahadur Thapa magar wrote on 6 March, 2013, 4:52

    सबै सरकारी कर्मचारी चाँहि हैनन् है ! नेपाल प्रहरी, सशस्त्र प्रहरीको दु:खलाई त एकपटक हेर्नुस्, समयमा खाने पिउनेको ठेगान नै हुँदैन अझ तिनिहरुलाई नै सेवा सुबिधा कम छ ।

    Well-loved. Like or Dislike: Thumb up 53 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

    arpan dahal Reply:

    bal bahasur g tapai eakle shochera k garnu,khoi kasaile pani shochidainana ta,

    Like or Dislike: Thumb up 3 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • ss wrote on 6 March, 2013, 4:54

    kati nakaratmak bichar !!!

    Like or Dislike: Thumb up 13 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

    akash Reply:

    स्तम्भकारले यस्तो घोच्ने लेख मजा लिएर लेख्-नु पाउनु भयो वाहालाई पनि मस्ति नै भयो होला ।

    Like or Dislike: Thumb up 6 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Prem limbu wrote on 6 March, 2013, 4:59

    Kaglai bel pakyo harsha n Bismat…

    Like or Dislike: Thumb up 0 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • With Love From Desert wrote on 6 March, 2013, 5:34

    yasm comment Kangresi le hanchha daro i am waiting….

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • khagendra wrote on 6 March, 2013, 6:00

    जनताका लािग भन्दै नेताहरु यसै गर्छन त के गरौ । जनताका लागि हो कि आफ्नालागि त्यो चाहि उनै जानुन ।

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Nepali wrote on 6 March, 2013, 6:13

    Patrakar lai karmachari aafu nabhayeko ma kuntha rahe6 kya!!!

    Like or Dislike: Thumb up 4 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • romantic wrote on 6 March, 2013, 6:14

    ani kasari huncha desh ko bikas haree baba…

    Like or Dislike: Thumb up 0 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • सन्तनु क्षेत्री wrote on 6 March, 2013, 6:18

    लोक सेवा पार नलागे पछि यसरी नै डाहा पोख्ने हो क्या ।

    Like or Dislike: Thumb up 12 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • nischal wrote on 6 March, 2013, 6:22

    kripaya yo pani sochnu hos ki niji chhetra ra sarkari chettra ko talab ko antar dherai chha

    Like or Dislike: Thumb up 1 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • rajendra wrote on 6 March, 2013, 6:26

    jun shcool ko ku ra cha shcool chai 30 din ma 10 padaune re tara hami abhibhawak haruule chai shcool fee chai purai 1 month ko dina parne yes ma kasai ko chaso chaina

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    Sajan Reply:

    School ma padauni teachers haru le ni 30 din ma 10 din matra vhat khayera pugcha ki pugdaina ho rajendra ji ?? I am all against private school charging high fee but your logic holds no water think about it again and you will the fallacy.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • radhika wrote on 6 March, 2013, 8:05

    napi, malpot, bhansar ka karmacharile ta pir manchhan
    office jana napauda .

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • ramesh rokaya! wrote on 6 March, 2013, 8:16

    already finished gyalbo lhosar, aakhir calender ko miss print le garda how can we celebrate gyalbo lhosar twice a year in nepal, kahi nabhako jatra hadigaun ma, it’s damn true, aakhir karmachari lai bahana chahiyeko ta ho ni!

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • saugat baniya wrote on 6 March, 2013, 8:24

    teacherharu lai ta jhan masti re,lol

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • santosh sapkota wrote on 6 March, 2013, 12:54

    नेपाल प्रहरी, दुस्खलाई त एकपटक हेर्नुस्, समयमा खाने पिउनेको ठेगान नै हुँदैन अझ तिनिहरुलाई नै सेवा सुबिधा कम छ के यिनिहरु सरकारी जागिरे होईननर

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Googma Sansar wrote on 6 March, 2013, 18:06

    Tesai ta Sarkari Kam Kahile Jaala gham hune sarkari Karmacharilai bhanda ra sarkari bidale Hai Sancho banai diyo. Yi banda arta harulai pani maanai par6, yasari sarkari karmachari lai aaram garne baatabaran banai diyakoma.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Sajan wrote on 7 March, 2013, 9:07

    लिँडे बुद्धी
    Teacher lai moj re as if yo sabai bida hunu ma teacher, Karmachari ko hat cha??

    I can’t say about others but I as a teacher of community school am feeling bad for my students. Final exam audai thiyo revision garai dinthe……

    Timi patrakar bhayera yesto close minded thinking line ?? Ma sanga padna au mula.

    From a teacher.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु