नेपाली क्रिकेट टोली रोसनारासँग पराजित :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

नेपाली क्रिकेट टोली रोसनारासँग पराजित

२३ फागुन, काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली ट्वान्टी-२० अभ्यास क्रिकेटमा रोसनारा क्लबसँग पराजित भएको छ ।

लगातार दुई खेल जितेको नेपाली टोली बुधबार भएको खेलमा रोसनारा क्लबसँग २ विकेटले पराजित भएको हो । पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २९ रन बनायो । नेपालका लागि कप्तान पारस खड्काले ३२ तथा विनोद भण्डारीले १७ र मंजित श्रेष्ठले १६ रन बनाए । राहुल विश्वकर्मा, सागर पुन र सरद भेसवाकरले समान १०/१० रन जोडे ।

१ सय ३० रनको विजयी लक्ष लिएर मैदान उत्रिएको रोसनारा क्लबले अन्तिम २ बल बाँकी छँदा ८ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालका संजम रेग्मीले २ विकेट तथा पारस, मंजित, जितेन्द्र मुखिया र चन्द्र साउदले समान १/१ विकेट लिए पनि हार टार्न सकेनन् ।

अब नेपाली टोलीले भारत नगर एकेडेमीसँग बिहीबार अभ्यास खेल खेल्नेछ । एसीसी ट्वान्टी-२० एलिट कप र डिभिजन थ्रीको तयारीका क्रममा भारत गएको नेपाली टोलीले २ एक दिवसीय जितेको थियो भने दुईमा हार व्यहोरेको थियो ।

2 Comments on “नेपाली क्रिकेट टोली रोसनारासँग पराजित”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु