रेग्मी प्रधानमन्त्री बने तानाशाही शासनः कोइराला :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

रेग्मी प्रधानमन्त्री बने तानाशाही शासनः कोइराला

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्री बनेको दिनदेखि मुलुकमा तानाशाही शासन सुरु हुने दावी गर्नु भएको छ ।

बुधबार राजधानीमा आयोजित कार्यक्रममा कोइरालाले भन्नुभयो-’बाबुराम भट्टराई नामको तानाशाह हटाउने नाममा अर्को तानाशाह नजन्माऔं ।’

बाबुराम भट्टराईलाई हटाउने र निर्वाचन गराउने नाममा मुलुकमा लोकतान्त्रिक मुल्य मान्यतालाई बलि नचढाउन आग्रह गर्दै कोइरालाले बहालबाला प्रधानन्यायधिसबाहेकको जुन सुकै विकल्प स्विकार्न समेत आफू तयार रहेको बताए । उनले आग्रह गर्दै भने-चुनाव र बाबुराम हटाउने नाममा लोकतन्त्र र स्वतन्त्र न्यायपालिकालाई ध्वस्त नपारौ । बहालबाला प्रधानन्यायधिस बाहेक जो भए पनि म फुलमाला लिएर स्वागत गर्न जान्छु ।’

एमाओवादीकै आग्रहमा पार्टी सभापति सुशिल कोइरालाको नाम घोषणा गरेकोले पहिला किन उहाँ हुन नसक्ने भनी जवाफ आउनु पर्ने भन्दै उहाँले प्रधानन्यायाधीश बाहेक साना दल, पूर्व सभामुख उपयूक्त विकल्प हुन सक्ने बताउनु भयो । सर्वोच्चमा विचाराधिन रहेको विषयलाई फैसला आउनु भन्दा अघि नै सरकार बनाउने तयारीले शीर्ष नेताहरुले लोकतन्त्र नै नबुझेको कोइरालाको भनाई थियो ।

उहाँले प्रधानन्यायाधीशको नेतृत्वको चुनावी सरकारले जेठमा त के मंसिरमा समेत निर्वाचन गर्न नसक्ने दावी गर्नुभयो ।

राष्ट्रिय जनशक्ति पार्टीका सह अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले निर्वाचन राजनीतिक विषय भएकोले समाधान पनि राजनीतिक दलले मात्रै दिन सक्ने बताउनु भयो । चार दलका शीर्ष नेताहरु चार राजा बन्न खोजेकोले मुलुकमा समस्या उत्पन्न भएको दावी गर्दै लोहनीले शक्ति सन्तुलनको विधायीकी खुट्टा भाचिएर असन्तुलित भएको बेला प्रधानन्यायधिसलाई प्रधानमन्त्री बनाउने कुरा गरेर अर्को खुट्टा समेत भाच्ने षड्यन्त्र भएको बताउनु भयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाओवादीले निर्वाचनको खेती गरेर हेगमा जान नपरोस भन्ने दाउ कसेको र मधेसी मोर्चाले पनि सोही नाममा लाखौं लाख भारतीयलाई बंशजको आधारमा नागरिकता दिलाउने षड्यन्त्र गरेको आरोप लगाउनु भयो ।

8 Comments on “रेग्मी प्रधानमन्त्री बने तानाशाही शासनः कोइराला”
  • radhika wrote on 6 March, 2013, 11:16

    je bhaye pani banda nagaraune tana shaha janmidiye hunthyo.aba ta ati bhayo.

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    bhattarai Reply:

    प्रधानन्यायाधीशको नेतृत्वको
    चुनावी सरकारले जेठमा त के
    मंसिरमा समेत निर्वाचन गर्न नसक

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Basanta Raaj wrote on 6 March, 2013, 11:26

    बाबुरामलाई अविश्वासको प्रस्ताववाट हटाउने भन्दा रोक्ने मध्यको तपाई पनि होइन र, डाक्टर साप ! के त्यसो भए आफ्नो पार्टीका नेताहरुलाई उल्लु वनाउन खोजेको ? किन यो कुरा पार्टीमा पहिल्यै उठाउनु भएन त ! कही लाइन आएको त होइन !अव यदुवंशी ताल गर्नुहोस |

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Googma Sansar wrote on 6 March, 2013, 11:59

    Tana shahi ko kura kahan bata aayo. Yedi yo desha Taana shai nai aaune bhaye Dr. Bhattarai ko pplama aaisakthyo. Baru Sidhai bhane bhai haalyo ni Party haru sabai Nalayak bhaya Descision dina sakenan bhanera.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nepal ama wrote on 6 March, 2013, 13:16

    langute neta ho je bhaye pani sahamati garera rajnaitik nikas deu aba ati bhhayo. yo sidha nepali janatako phaida uthaundai chhan neta le. aba nepal janata fhai road ma hatiyar sahit niske pachhi timi hariu ko ke gati hune chha taba chal paune chhau. sahan ko pani sima hunchha. aba sima nagi sakyo nepali janata rishle chur bhaisakeka chhan teti bela kunai tagatle rokne chhaina nepal ma kunai rajnaitik party hune chhaina road ma kewal pidit janta?? jai nepali bir ho, aba sahane din chhaina hai sabai uthou afna nalayek chudi pahine ka neta birudha..

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    gopi luetel Reply:

    you are right

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • aakash wrote on 7 March, 2013, 0:12

    girija prasad le gareko shashan chahi ke thiyo ta. tanashahi thiyen

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • suman p wrote on 7 March, 2013, 1:24

    chahay kai tehi ho nepalma.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु