बचन मै छ धार :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बचन मै छ धार

लोकराज अधिकारी

किन रोप्नु पर्यो छुरा, बचन मै छ धार तिम्रो
छाती छेडने ,मुटु रेटने शब्दको प्रहार तिम्रो ।

तिम्रो आँतमा ,दाँत रैछ मैले मेरै जस्तो ठाने
मन तिम्रो म्याना रैछ ,अनि मुख तरवार तिम्रो ।

यति बिघ्न, कृतघ्न छयौ जस्तो लाग्या थिएन
ठान्यौ होला जीते बाजी तर भाछ हार तिम्रो ।

पाप लाग्ला श्राप लाग्ला साँचो माया गर्ने दिलको
तै पनि चाहन्छु म उज्यालो होश संसार तिम्रो ।

7 Comments on “बचन मै छ धार”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु