जापानमा बन्यो सबैभन्दा सानो मोबाइल (फोटो फिचर सहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

जापानमा बन्यो सबैभन्दा सानो मोबाइल (फोटो फिचर सहित)

जापानमा विश्वकै अहिलेसम्मको सबैभन्दा सानो आकारको मोबाइल फोन निर्माण गरिएको छ । जापानी मोबाइल फोन निर्माता इबिटोले ले डब्लु एक्स जिरो सिक्स ए नामको उक्त मोबाइल निर्माण गरेको हो ।

खेलौना जस्तो देखिने यो मोबाइलको लम्बाइ ७० मिलिमिटर, चौडाइ ३२ तथा मोटाइ १०.७ मिलिमिटर रहेको छ । यो मोबाइल फोनको तौल ३२ ग्राम मात्र छ । यसको एक इन्चको ओएलइडी स्त्रिmन रहेको छ भने एन्टिना पनि रहेको छ ।

यसको तौल अहिले चल्तीको एप्पलको आइफोन भन्दा एक चौथाइ कम रहेको बताइएको छ । यो विश्वकै सानो मोबाइल फोन आउँदो डिसेम्बरदेखि बजारमा ल्याउने लक्ष्य कम्पनीको छ । अहिले यो मोबाइल फोनको मूल्य तोकिएको छैन ।

यो मोबाइलको आकार निकै सानो भएकाले यसमा क्यामरा भने छैन । यो फोनले जापानी दूरसंचार प्रविधिमा मात्र काम गर्ने भएकाले विश्वका अरु देशका उपभोक्ताको लागि भने काम नलाग्ने बताइएको छ ।

7 Comments on “जापानमा बन्यो सबैभन्दा सानो मोबाइल (फोटो फिचर सहित)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु