अब लगाउने मात्रै होइन खाने स्प्रे (फोटो फिचरसहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अब लगाउने मात्रै होइन खाने स्प्रे (फोटो फिचरसहित)

सरीरमा अत्तर छर्केर सुगन्ध छर्दै हिँड्न सबैलाई मन पर्छ । यस्ता सुगन्ध नाकलाई निकै मन पर्छ । मुखका लागि होइन । तब अब केवल सुँघ्ने मात्र होइन खाने स्प्रे समेत बजारमा आएको छ ।

जर्मनीको एक खाद्यान्न कम्पनी डेली गारेजले विभिन्न रंगका स्प्रे बजारमा ल्याएको छ । जुन फलफूल लगायतका खाद्य पदार्थमा छर्केर खाद्यपदार्थलाई आफुलाई मन पर्ने रंगमा बदलेर मज्जाले खान सकिन्छ ।

कम्पनीले विभिन्न रंगका स्प्रे बजारमा ल्याउनुको मुख्य ध्येय भनेकै उपभोक्ताले आफुलाई मन पर्ने रंगको स्प्रे खानामा छरुन् र खानालाई मनपर्ने रंगको बनाएर मज्जाले खाउन् भन्नु नै हो । तत्कालका लागि सुनौलो, चाँदी रंग तथा रातो र निलो रंगका स्प्रे उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

फूड फिनिस नाम दिइएको ती खानयोग्य स्प्रे पूर्णतया स्वस्थ रहेको र यसले उपभोक्ताको खान मन नलाग्ने समस्यालाई समेत हल गरिदिने दाबी कम्पनीको रहेको छ ।

3 Comments on “अब लगाउने मात्रै होइन खाने स्प्रे (फोटो फिचरसहित)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु