लोडसेडिङ २ घण्टा घट्ने, यो वर्ष ५२ मेगावाट विजुली थपिँदै :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

लोडसेडिङ २ घण्टा घट्ने, यो वर्ष ५२ मेगावाट विजुली थपिँदै

२४ फागुन, काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले आगामी सातादेखि लोडसेडिङ दैनिक दुई घण्टासम्म घटाउने भएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको मर्मत सकिनासाथ प्राधिकरणले लोडसेडिङ घटाउन सम्भव भएको हो । अहिले दैनिक १२ घण्टा लोडसेडिङ अब १० घण्टामा झर्ने प्राधिकरण प्रणाली सञ्चालन विभागका महाप्रवन्धक राजेश्वरमान सुल्पियाले बताए ।

१ सय ४४ मेगावाट जडित क्षमताको कालीगण्डकी सञ्चालनमा आएपछि प्रसारण प्रणालीमा ६० मेगावाट भन्दा बढी विद्युत थप हुनेछ । ‘सकेसम्म दुई, नभएपनि एक घण्टा लोडसेडिङ घट्नेछ तर हाम्रो लक्ष्य दुई घण्टा घटाउने नै हो,’ सुल्पियाले भने, ‘कालीगण्डकी बन्द नगरेको भए यतिबेला लोडसेडिङ घटिसक्ने थियो ।’ उनका अनुसार आइतबारसम्ममा कालीगण्डकी सञ्चालनमा आउँछ ।

यो वर्ष ५२ मेगावाट थपिँदै

चालू आवमा निजीक्षेत्रबाट १० आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा ५२ मेगावाट विजुली थप हुनेछ । हालसम्म तीन आयोजना सम्पन्न भई प्रसारण प्रणालीमा २५ मेगावाट थप भइसकेको छ । अब २७ मेगावाट थप हुन बाँकी भए पनि यो आवसम्म सञ्चालनमा आउने सुल्पियाले बताए । अघिल्लो वर्ष प्रसारण प्रणालीमा ४ मेगावाट विद्युत थपिएको बिहीबारको कारोबार दैनिकमा खबर छ ।

9 Comments on “लोडसेडिङ २ घण्टा घट्ने, यो वर्ष ५२ मेगावाट विजुली थपिँदै”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु