२४ फागुन, काठमाण्डौं । अपहरणको आरोपमा डिल्लीबजार जेलमा रहेका पूर्वमन्त्री एवं नेपाल सद्घावना पार्टी (नन्दीदेवी) का नेता श्यामसुन्दर गुप्ताले जेलबाटै ज्यान मार्ने धम्की दिएको आरोप उनकै पार्टीका दुई केन्द्रीय नेताहरुले लगाएका छन् । पार्टी महासचिव रंगीलाल लोधीले बुधबार एक विज्ञप्ति जारी गरेर आफू र केन्द्रीय सलस्य मानबहादुर अधिकारीलाई जेलकै नम्बरबाट पटक पटक ज्यान मार्ने धम्की आएको आरोप लगाउनुभयो । जेलबाटै यस्तो धम्की आएपछि आफूहरु असुरक्षित भएको समेत विज्ञप्तिमा उल्लेख छ ।
अपहरण तथा शरीर बन्धक मुद्दामा गुप्ता जेल परेपछि प्रायः ठप्प भएका पार्टी गतिविधि अघि बढाउन बहुमत केन्द्रीय पदाधिकारीले राष्ट्रिय उपाध्यक्ष ठाकुरप्रसाद यादबलाई कार्यबाहक अध्यक्ष बनाउने निर्णय गरेको थियो । त्यही निर्णयबाट असन्तुष्ट बनेका गुप्ताले सबै पदाधिकारीलाई जेलबाटै फोन गरेर धम्क्याउने गरेको महासचिव लोधिले बताउनुभयो ।
‘जेलको फोन नम्बर ४४२३०१८ बाट गुप्ताले आफूहरुलाई पटक पटक अपहरण तथा ज्यानमार्ने धम्की दिँदै आएका छन्,’ लोधीले भन्नुभयो ‘गुप्तापुत्र डा. भाष्कर गुप्ताले ९८४९३६३१०९ नम्बरबाट यही फागुन २० गते आफ्नो नम्बर ९८४७०३१७३७ र अधिकारीको नम्बर ९८४१९२३४६९ मा फोनगरी मार्नका लागि खोजिरहेको भन्दै धम्की आएपछि आफूहरु भूमिगत अवस्थामा रहेको छौ’ लोधीको भनाईसहित बिहीबारको गोरखापत्र दैनिकमा खबर छ ।
उहाँले कलडिटेलका आधारमा गुप्तालाई कारबाही गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।
hamro desh ko kanun nai khattam xa, yesta mantri lai ta sidhai goli thokdinu parne ho……jail ko management pani ramro na hunu ra yesta pahunch va ka manxe haru ko chakadi garne kehi police ko sahayog le nai yo manxe ko himmat badheko ho…
Like or Dislike:
4
1
[जवाफ फर्काउनुहोस्]
sala haru janta lai suraksha 6 ian timi haru lai matrai ta ho ni jati sakdo li ya hun6
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Aba yo gupta jhan patan vayo
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Kasto “krantikari” Neta…
Like or Dislike:
2
2
[जवाफ फर्काउनुहोस्]
मधेशमा रहेको सबै भिकारी पार्टि खारेज नहुन्जेल सम्म नेपाल राम्रो बन्न सक्दैन ।
Like or Dislike:
10
0
[जवाफ फर्काउनुहोस्]
एस्ता कुलङगार नेतालाई देशबाट हैन यो धर्तीबाट बिदा दिनु पर्छ
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]