फेरि भट्टराईकै नेतृत्वमा लविङ, कांग्रेसको संगठन भताभुंग :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

फेरि भट्टराईकै नेतृत्वमा लविङ, कांग्रेसको संगठन भताभुंग

२४ फागुन, काठमाण्डौ । प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनमा अलमल गरिरहेका दलहरु फेरि बाबुराम भट्टराईकै नेतृत्वमा चुनावी सरकार गठन गर्ने लविङमा लागेका छन ।

प्रधानन्यायाधीश रेग्मीलाई प्रधानमन्त्री बनाउने सहमति गरेपनि कार्यान्वयन नभएपछि सत्तारुढ दलहरुले भट्टराईकै नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने माग गर्न थालेको बिहीवारको राजधानी दैनिकले छापेको छ । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने माग गर्दै सर्वोच्चमा एकपछि अर्को रिट पर्दै गएपछि त्यसको सुनुवाई पनि लम्बिएको छ । जसका कारण जेठमै चुनाव गर्ने सर्तमा रेग्मीलाई मानेका दलहरु अब जेठमा चुनाव नहुने अबस्था आएसँगै रेग्मीको औचित्य पनि सकिएको निष्र्कषमा पुग्न थालेका हुन ।

कांग्रेसको संगठन भताभुंग

मुलुक निर्वाचनतर्फ उन्मुख भएपनि प्रमुख बिपक्षी नेपाली कांग्रेस चुनावका लागि तयार देखिएको छैन । सार्वजनिक कार्यक्रममा पार्टीका नेताहरुले निर्वाचनका लागि तयार रहन कार्यकर्तालाई आग्रह गर्नुबाहेक संगठन सुधारका लागि कुनै कार्यक्रम तय गरेका छैनन् ।

पार्टीको मेरुदण्डका रुपमा रहेका भातृसँगठको बषौदेखि महाधिवेशनसमेत हुन सकिरहेको छैन । त्यसले पनि कांग्रेसको संगठन अस्तब्यस्त रहेको प्रष्ट हुने बिहीवार प्रकाशित नागरिक दैनिकले छापेको छ ।

सभापतिमा निर्वाचित सुशील कोइरालाले महाधिवेशन भएको साढे दुई बर्षसम्म पनि केन्द्रीय समिति, संसदीय बोर्ड, बिभाग र कार्यसम्पादन समिति गठन गर्न नसकेका छैनन् । कोइरालाले पटकपटक गरी १७ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेपनि अझै केन्द्रीय समिति पूर्ण हुन सकेको छैन ।

 

10 Comments on “फेरि भट्टराईकै नेतृत्वमा लविङ, कांग्रेसको संगठन भताभुंग”
  • n timalsina wrote on 7 March, 2013, 2:55

    very good news,let him to do election

    Like or Dislike: Thumb up 9 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • pokhareli Thito wrote on 7 March, 2013, 3:05

    congress ma yesto bhatabunga chala dekhada pani ta congressi mitra ko comments aayana aru topics ma ta nikai negative kura matra dekhnuhuncha

    Like or Dislike: Thumb up 6 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • yagya prasad pathak wrote on 7 March, 2013, 3:10

    best bikalpa bhanekai bauram ko nettrito ma sarkar gathan garene ho……

    Like or Dislike: Thumb up 4 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • कांग्रेसी wrote on 7 March, 2013, 3:20

    मेरो विचार मा अस्ती बैद्ध प्रचंड निवास पुगे, अंसबण्डा का लागी, खुलेआम नेपाली जनता ले थाहा पाउने गरेर / तेत्रो १७००० नेपाली ले ज्यान पनि दिये र साथै दुइ तिहाई मत दिएर, ५ बर्ष सरकार मा पुराएर अर्बपती पनि बनाए / तर माओबादी बाट जनता को मत को कदर भएन, जनता दुखि निरास भए र रोए, खुलेआम गरियेको अंशबंडा को कुरामा रनभुल्ल मा परे/ सबै जनता आस्चर्य मा परे यस्तो इतिहासमै नभएको लज्जास्पद र घृणित कुरा एमाओबादी ले कसरि गर्यो भनेर / तर भित्री तयारि त अर्कै रैछ र त्यो हो अंशबण्डा कांड / जनता को ध्यान अंशबण्डा कांड मा भुलाएर बाबुराम सरकार लाई बचाउने ग्रांड डिजाइन को तयारि रैछ / एमाओबादी चुनावि पक्षधर भएको देखाउन अधिबेसन बाट प्र.न्या. खिलराज को प्रस्ताव पारित गराए / तर चुनाव मा नगई सत्ता कब्जा को रणनिती अनुसार अब एमाओबादी ले माओबादी लाइ लगाएर देश लाइ बन्द को भुमरी मा राखेर, बिरोध चर्काउदै सो चुनाव को सहमती लाई भाड्ने तयारी हो अंशबण्डा कांड !

    Like or Dislike: Thumb up 0 Thumb down 22

    [जवाफ फर्काउनुहोस्]

  • Binod acharya wrote on 7 March, 2013, 3:26

    एक जना कांग्रेसी मित्रले खुब प्रतितक्रिया दिनुहुन्थ्यो नि समाचार हरुमा । यो समाचार मा के भन्न चाहनुहुन्छ ???

    Like or Dislike: Thumb up 11 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • rabilal wrote on 7 March, 2013, 4:07

    पार्टी नेता को त इज्ज़त थिएन थिएन, तर यो पर्यास ले गर्दा प्रधानन्यायाधीश ले पनि इज्ज़त फाले

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • palden sherpa wrote on 7 March, 2013, 4:28

    जे होस् प्रधानमन्त्री नभए पनि खिलराज रेग्मी हुनेवाला प्रधानमन्त्रीको रुपमा समाचारमा आउनु भएकोमा बधाई छ,यो कुरा नि के बुझ्नु पर्छ भने रेग्मीको नाम अनि तस्बिर प्रधानमन्त्रिको लिस्टमा सिंहदरवारमा टासिने वाला छैन।यो त सिर्फ अरु केहि नभएर प्रचण्डको फर्मुला “रेग्मी पत्ति फ्याकी” कांग्रेस एमालेको आन्दोलन मत्थर पर्नु र उनीहरुलाई एजेन्डा बिहिन पर्नु थियो यो कुरा कांग्रेस एमालेका नेताहरुले भुझ्नु पर्ने थियो।यसमा प्रचण्डको सोह्रै आना जित भयो,अब फेरी बाबुरामको नाममा लबिंग हुनेवाला छ र अन्तिममा प्रचण्ड नै उत्तम प्रधानमन्त्रिको रुपमा फेरी आउने छ यसो हुदा सारा- सर पन्ध्र बिस वर्ष माओबादीको हातमा सरकार जाने वाला छ यो सबै प्रचण्डको ट्याक्टिस हो चेतना भय !!

    Like or Dislike: Thumb up 11 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Basanta Raaj wrote on 7 March, 2013, 4:31

    काङ्रेसले नै माओवादी र मधेशीहरुलाई ‘देश लुट्ने लाइसेन्स’ दिए जस्तो छ ! गत वैशाखमा बाबुरामविरुध्द अविश्वासको प्रस्ताव दर्ता गर्न खोज्दा त्यही दलका केही घुसपैठीयाहरुले तुहाएको रहस्य बाबुरामवाट कही ‘हिस्सा’ पाएर त होइन !

    Like or Dislike: Thumb up 3 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • i dev wrote on 7 March, 2013, 15:42

    thulo chor ra purano chor congress ho aru sabai ta chori garna sikdai chhan.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • शिव wrote on 8 March, 2013, 2:02

    कांग्रेस आफु चुनावको लागी तैयार छैन भने बोध लिएको छ. तर कांग्रेस र एमाले आज चुनाव हुंदा लाभको स्थितीमा देखिंछ्न, ढिलो चुनाव हुंदा कांग्रेस र एमालेको स्थिती झन ख्सकिने हो, सैद्धनतिक र वैचारिक विचलन झन बढी आउने हो.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु