रुकुममा केन्द्रबिन्दु भएको भुईंचालो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

रुकुममा केन्द्रबिन्दु भएको भुईंचालो

२४ फागुन, काठमाडौं । रुकुममा केन्द्रबिन्दु भएर गएराति भुईंचालो गएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार भुकम्पकको धक्का देशैभर महसुस भएको थियो । राति १० बजेर ३४ मिनेट जाँदा भुकम्प गएको केन्द्रका प्रमुख डा. सोमनाथ सापकोटाले जानकारी दिनुभयो । उक्त भूकम्प पाँच दशमलब ४ रेक्टर स्केलको रहेको सापकोटाले बताउनुभयो  ।

भुकम्पले रुकुम र आसपासका क्षेत्रमा केहीघर चर्किएका छन् । मानवीय क्षति भने नभएको केन्द्रले जनाएको छ । रूकुमका प्रमुख जिल्ला अधिकारीका अनुसार एयरपोर्ट छेउको प्रहरी चौकी चर्किए पनि मानविय क्षति भएको छैन । राति भूकम्पको त्रासले मानिसहरुमा भागाभाग भएको उहाँले बताउनुभयो ।

4 Comments on “रुकुममा केन्द्रबिन्दु भएको भुईंचालो”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु