२४ फागुन, काठमाण्डौ । नेपाली सेनामा बरिष्ठताभन्दा पनि कार्यक्षमताका आधारमा बढुवा गर्ने ‘फास्टट्रयाक’ बढुवा नीति ल्याएपछि प्रमुख सेनानी (लेफटिनेन्ट कर्णेल) समूहमा ठूलो असन्तुष्टि देखिएको छ ।
नयाँ नियमावलीअनुसार हालै सिफारिस भएको बढुवाप्रति असन्तुष्टि जनाउँदै एक दर्जनभन्दा बढी सैनिक अधिकृतले सचिवालयमा निवेदन दिएका छन् भने केहीले अदालत जाने तयारीसमेत थालेका छन् । यससँगै विगतमा वरिष्ठता र तालिमलाई आधार बनाएर बढुवा हुँदै आएकामा योग्यता, दक्षता पनि समावेश गर्ने भन्दै सेनामा पहिलो पटक गत माघ १० मा राजपत्रमा सूचना प्रकाशित गरी लागू गरिएको नियमावली विवादमा तानिएको कान्तिपुर र नेपाल समाचारपत्र दैनिकले छापेका छन ।
सैनिक अधिकृतहरूले नियमावली लागू हुनुअघि नै रिक्त पदमा समेत त्यसपछिको नियम लगाएर, पदोन्नति वर्षको असार मसान्तमा हुनुपर्नेमा चैतमै सारेर, कार्यसम्पादन मूल्यांकन बढी गरेर आफूनिकटका कनिष्ठलाई बढुवा सिफारिस गरिएको भन्दै उजुरी दिएका हुन् । हालसम्म करिब एक दर्जनले उजुरी दिइसकेको र फागुन २८ सम्म समय रहेकाले उजुरी दिनेको संख्या बढ्ने सैनिक स्रोतले जानकारी दियो ।
सैनिक प्रवक्ता सहायकरथी सुरेशराज शर्माले दुई/चारवटा मात्रै निवेदन परेको र ठूलो संख्यामा गुनासो रहेको भन्ने कुरा गलत भएको बताए । ‘अहिलेसम्म २/४ वटामात्र निवेदन परेको छ । निवेदन दिने समय फागुन २८ सम्म भएकाले कति पर्छन् यकिन भन्न सकिन्न । परेका निवेदनमाथि नियमसंगत तबरले प्रक्रिया अघि बढाइने छ,’ उनले भने ।
नयाँ नियमावलीअनुसार अति योग्य, बढी योग्य र योग्य समूहमा सिफारिस गर्ने प्रावधान छ । यसअन्तर्गत अतियोग्य समूहबाट २० प्रतिशत, योग्य समूहबाट ६० प्रतिशत र योग्य समूहबाट २० प्रतिशत बढुवाका लागि सिफारिस गर्ने भनिएको छ । सबैभन्दा बढी गुनासो प्रमुख सेनानीबाट महासेनानीमा बढुवा सिफारिस गरिएकोप्रति छ ।
saynapati pani moist ko jal ma paray jasto cha……
Like or Dislike:
4
6
[जवाफ फर्काउनुहोस्]
chifsap nepali sanala asa garako bhanda ulto kam garnu bhayo, pahila MB sanga milar sipahi marni kul bdr kadka jasto tapahi pani hoki kaho.ma auta nepali sanako sipahi hu. hajula pahila rana harula garako jasto garna lagako ho.
Like or Dislike:
6
3
[जवाफ फर्काउनुहोस्]
yo kura pahile nai aaunu parne ho tar ahile aayko cha yo ramro kura ho tallo darja ma garna hune mathi garna nahune kina 100partisat thik cha
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
aba teha ni raj niti ghusyo nepal ko aabastha aba k hola ??????
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
kehi chhain nepali le chaheka tehi thiye nepal lai aba afghanistan banaune ta ho ni hami khusi chhau
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]