एमाले समर्थित पत्रकारमा नेतृत्वको होडबाजी :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

एमाले समर्थित पत्रकारमा नेतृत्वको होडबाजी

२४ फागुन, काठमाडौं । यतिबेला विराटनगरमा एमाले पत्रकार संगठन प्रेस चौतारी नेपालको सातौं राष्टिय सम्मेलनको रौनक छाएको छ । भोलि एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्ने उक्त सम्मेलनमा सहभागी हुन देशका ७४ जिल्लाका प्रतिनिधिहरु बिराटनगर पुग्ने क्रम शुरु भएको छ । र, यससँगै चौतारीको भावी नेतृत्व चयनको विषयले बिराटनगर गर्माएको छ ।

चौतारीका हालका अध्यक्ष गगन विष्ट आफूले पहिलोपटक पत्रकार महासंघ नेतृत्वमा चौतारीसम्बद्ध पत्रकारहरुलाई स्थापित गरेबापत पुनः अध्यक्ष बन्ने चाहना व्यक्त गरेका छन् । आफ्नो नाममा सर्वसम्मत नहुने भएपछि विष्टले पनि उम्मेदवारी दिएर चुनावी मैदानमा उभिने संकेत दिएका छन् । तर, त्यसो गरेमा अध्यक्षका अर्का दाबेदार राजेन्द्र अर्यालको जीतलाई गगनको उम्मेदवारीले सकारात्मक प्रभावपार्ने चौतारीका एकथरि पत्रकारले बताएका छन् । गगनको उमेद्वारीले अध्यक्षका अर्का प्रत्यासी विष्णु रिजालको पक्षमा नेतृत्व जाने स्थिति छ ।

चौतारीका केही वरिष्ठ पत्रकारहरु भने मैदानमा देखिएका यी तीनबाहेकका अर्कै अनुहारलाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयासमा छन् । उनीहरुले भोलि २५ गते साँझभरिमा सर्वसम्मतको नाम दिने चौतारी नेतृत्वलाई बचन दिएका छन् । यसरी आउने सर्वसम्मतको नाममा प्रमोद दाहालको सम्भावना रहेको बताइन्छ । अर्कातिर गणेश बस्नेतले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषण गरिसकेका छन् ।

प्रेस चौतारी चुनावको रमाइलो पक्ष त के छ भने, प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवार माधव नेपाल र केपी ओली गुटका छन् । संस्थापन पक्षका मानिएका गगनलाई संस्थापन समूहकै सहयोग देखिँदैन । त्यसमध्ये पनि आयोजक जिल्ला मोरङ र सुनसरीका पत्रकारहरु गगनसँगै रुष्ट छन् ।

आयोजक पूर्वाञ्चल कमिटीले प्रकाश खतिवडालाई वरिष्ठ उपाध्यक्षमा निर्वाचित गर्ने कुरालाई प्रतिष्ठाको विषय बनाएको छ । वरिष्ठ उपाध्यक्षका लागि विष्णु रिजालका समर्थक दुर्गाप्रसाद शर्मासहित शरद अधिकारी, वालकुमार नेपाललगायत मैदानमा छन् । यसबाहेक झन्डै आधा दर्जन उम्मेदवार वरिष्ठ उपाध्यक्ष बन्ने लाममा देखिएका छन् । महासचिवमा लक्की चौधरी र माधव नेपालसँगै रामहरि सिलवाल उम्मेदवार बन्ने भएका छन् ।

सबैभन्दा बढी उम्मेद्वारी सचिव पदमा छ । गगनले तत्कालीन एमाले उपाध्यक्ष अशोक राईका दाहिने हात भनी गाली गर्ने गरेका राजेश राई, गणेश पाण्डेदेखि माओवादी आक्रमणमा परेको झुटो प्रचारबाट उदाएकी टीका विष्टसम्म सचिव पदमा उम्मेदवार छन् । सोही पदमा रामकुमार एलन, नरेन्द्र साउद, विमला राई, डिल्ली पोखरेल, शान्ति गुरुडलगायतका छन् । बिराटनगरमा चर्चा छ, विमलालाई अध्यक्ष गगनले राजेशविरुद्ध खडा गरेका हुन् ।

कोषाध्यक्षमा अहिलेसम्म पार्टीका उपाध्यक्ष वामदेव गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदी र धादिडका नवराज छत्कुली उम्मेदवार बन्ने चर्चा छ । क्षेत्रीय उपाध्यक्षमा पूर्वाञ्चलले कुशलबाबु बस्नेतलाई निर्विरोध निर्वाचित गराउने अभ्यास गरिरहेको छ । कोशीका केन्द्रीय सदस्यमा हालसम्म लीलाराज भटराई, बन्धु पोखरेल र रत्न आचार्य मैदानमा छन् । तर, एमालेको स्थानीय नेतृत्व कोशीका केन्द्रीय सदस्य पनि निर्विरोध गराउने अभ्यास गरिरहेको छ । यसका लागि एकजनालाई मनोनित, एकजनालाई पत्रकार महासंघ र एकलाई केन्द्रीय सदस्यको नीति अबलम्बन गरिएको छ । मेचीबाट आउने केन्द्रीय सदस्यबारे हालसम्म उम्मेदवारी देखिएको छैन ।

महिला उपाध्यक्षमा हालकी कोषाध्यक्ष अक्षरी पोखरेलमात्रै देखिएकी छन् । महिला केन्द्रीय सदसयमा धरानकी निलिफा सुब्बा, चमिना भटराई, दाडकी देविका घर्तिमगर, काठमाडौंकी सतिदेवी उप्रेतीलगायत मैदानमा देखिएका छन् । आदिवासी जनजाति सदस्यमा तेह्रथुमका भरत इडनाम, भोजपुरका किरण राई मात्रै मैदानमा छन् । उनीहरु निर्विरोध हुने सम्भावना छ । उपत्यकाबाट केन्द्रीय सदस्यका लागि विष्णु बेलबासे, अमृतनाथ तिमिल्सिना, शुरोजंग पाण्डेबीच चर्को प्रतिष्पर्धा हुने भएको छ ।

10 Comments on “एमाले समर्थित पत्रकारमा नेतृत्वको होडबाजी”
  • कांग्रेसी wrote on 7 March, 2013, 6:08

    पत्रकार साथी हरु किन यो डुब्न लाको जहाज को नेतृत्व लिन को लागी होडबाजी गर्नुभाको होला / जहाज डुबे पछी संगै डुब्नु पर्लानी

    Like or Dislike: Thumb up 11 Thumb down 16

    [जवाफ फर्काउनुहोस्]

    कोपिला Reply:

    कांग्रेसी बाबु आज नागरिक को हेर त लेख पहिला ! तिमीहरु को अवस्था के छ ?? येह कमेन्ट गर्नु भन्दा राम्रो काम गरेर आफु बाट परिबर्तन गर ! असि बर्ष का युवा नेता ले देस बनौछ भन्ने सपना मा नि नसोच

    Like or Dislike: Thumb up 20 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

    जीबन अधिकारि Reply:

    डुब्न त को लागेको छ एकपटक ऐना हेर्दा हुन्थ्यो कांग्रेसी जी

    Like or Dislike: Thumb up 13 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    Hari Sharma Reply:

    Kangresi dai Jaynepal!
    tapaile ekdam thik bhannubho. Thanks.

    Like or Dislike: Thumb up 4 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

    वामपन्थी ! Reply:

    एमालेका अध्यक्ष अदक्ष भए भन्दैमा एमाले डुब्यो भनी देखने यि काङ्ग्रेसिको आँखामा फुलो परे जस्तो छ । हेर्दै जाउ यो देशको भलो एमाले वाटै हुनेछ । युबा नेत्रित्वले सम्हालेको एमाले जनताको प्यारो हुनेछ । अब काङ्ग्रेसी त “गैल भैंस पानीमे” जस्तै हो ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    press chautari Reply:

    Kag le aafno nam aafai kadhxa vane jasto vayo hai kangreshi…. ko dubna lageko ra ko safal awataran garna lageko ta chharlanga xa. Timi jasta kaite le bishleshan garnu jaruri xaina. Arulai doshi ra kharab vannu vanda pahila aafno thopada hera ra ma kasto xu vanne bishleshan gara…… kangresh ka 80 barshe yuwa neta ra lathalinga sangrachana xa. Bhumari ma rumaliyera baseko party le aru kata jadaixa vannu vanda aafu kasari niskane teta tira socha.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sj wrote on 7 March, 2013, 6:09

    J j garepani kehi paune wala 6inau

    Like or Dislike: Thumb up 6 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • हरि शर्मा wrote on 7 March, 2013, 15:16

    माओवादी आक्रमणमा परेको झुटो प्रचारबाट उदाएकी टीका विष्टसम्म सचिव पदमा उम्मेदवार छन् ।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Iishor wrote on 7 March, 2013, 23:24

    Khoi ke bhanne patrakaar bhaneko nispakchye hunuparcha kunai party ma aabada hunu bhaneko patrakaar Ko astitwa gumaunu ho Khoi hamrai desma cha sabai chij .Aba sabai politician bhaye des Ko halat ke huncha hola ,bastabma hamro desko rajniti ra business garnu ustai ustai dhekhincha jo aaye pani aaphno goji bharne ani desko jantalai laat haane kaam bhahek aru kehi bhayeko chaina ra euta adarsabadi desbhakti neta bhaneko chahi maile Dr Baburam ji lai nai paye uhale maatra desko lagi kehi garna saknu huncha aru bata ta aasa garnai sakdina yo mero euta bhabisebaani ho. Jaya nepal jaya Lal Salam.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rahul S wrote on 8 March, 2013, 2:47

    एमालेका हनुमानहरुको के कुरा गर्नु । माकुने, झल्लु र ओलीका मतियारहरु पत्रकारको नाम लिएर विराटनगर पुगेका छन्’ बल्खुको दुनो थापेर साप्ताहिककारिता गर्नेहरुलाई पत्रकार भन्नुपर्दा लाज लागेर आउंछ

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु