२४ फागुन, झापा । हात्तीको आक्रमणमा परी झापामा एक जनाको मृत्यु भएको छ । जंगली हात्तीले आक्रमण गर्दा झापाको शान्तिनगर १ का गोपीलाल विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गाउँमा पसेको हात्तीलाई खेद्नेक्रममा उनलाई हात्तीले आक्रण गरेको थियो ।