२४ फागुन, विराटनगर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले न्यायपालिका र कार्यपालिकामा एउटै व्यक्ति प्रमुख हुन नहुने बताउनुभएको छ । पोखरेलले सबैलाई मान्य हुने विकल्पमा सहमति गरी राजनीतिक दलको नेतृत्वमा सरकार गठन गरेर मुलुकलाई निकास दिनुपर्ने बताउनुभयो ।
विहीवार मोरङको विराटनगरमा आयोजित कार्यक्रममा पोखरेलले वर्तमान सरकारले राजनीतिक, संवैधानिक र नैतिक आधार गुमाएकाले यसको विस्थापन गर्न देशको सम्पूर्ण राजनीतिक दलहरुले चाहेको बताउनुभयो । उहाँले राजनीतिक दलको सहमतिमा नै एमालेले काँग्रेसको नेतृत्वमा चुनावी सरकार चाहेको बताउँदै एमाओवादीको पासोमा दलका नेताहरु फसिरहेको बताउनुभयो ।
महासचिव पोखरेलले एमाओवादीको सत्ता कब्जाको बाधक न्यायालय र नेपाली सेना रहेकामा अहिले पूर्ण योजना त्यसअनुरुप नै कार्य भइरहेको बताउनुभयो ।रासस
एमाओबादी को पासोमा नेपाली कांग्रेस कुनै पनि हालत मा फस्दैन / बरु कुनै पनि हा्लतमा नेपाली कांग्रेसले एमाओबादी लाई जनता को पासो मा फसाएर , निर्वाचनमा घसिटेंर भोट का लागी हरेक नेपाली जनता को घर दैलो अगाडी हाथ जोडेर , घुडा धंसेर भोट माग्न ,यि पद पैसा दलाली र भ्रष्टाचार मा डुबेका एमाओबादी लाई बाध्य गराई दिन्छ !! यो नेपाली कांग्रेस को वचन हो !
Like or Dislike:
4
9
[जवाफ फर्काउनुहोस्]
एकातिर आफु सँग याक्स शुक्रकिट नभएको भन्दै सन्तान जन्माउन नसकेकोले विलौना पनि गर्ने र अर्कोतिर सन्तानकै लागि आफ्नो अर्धाङगिनी मर्दलाई सुम्पकेमा रुनुको अर्थ छैन ।
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
त्यसो भए अब तपाई नै प्रधान मन्त्रि बन्नुस मेरो जोसिलो समर्थन छ /
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]