२४ फागुन, काराकास । भेनेजुएलाका राष्ट्रपति हृयुयो चाभेजप्रति त्यहाँका लाखौँ नागरिकले बुधबार श्रद्धाञ्जलिी अर्पण गरेका छन् । उहाँको श्ावलाई उहाँको निधन भएको अस्पतालबाट सैनिक प्रतिष्ठानमा ल्याउने क्रममा लाखौँ नागरिकले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
बाटोमा जम्मा भएका नागरिकले उहाँको शवयात्राका क्रममा श्रद्धाञ्जलि अर्पण गर्न पालो कुरेर बसेका दृश्यहरु टेलिभिजनले देखाएका थिए । चाभेजको शुक्रबार अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ । त्यतिन्जेलसम्म उहाँको शवलाई सो सैनिक प्रतिष्ठानमा राखिने भेनेजुएला सरकारले जनाएको छ ।
राष्ट्रपति चाभेजको ५८ वर्षको उमेरमा गत बुधबार निधन भएको थियो । उहाँ करिब दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको निधनपछि भेनेजुएलामा बुधबारदेखि पाँच दिन शोकको घोषणा गरिएको छ । सो कुराको जानकारी उपराष्ट्रपति निकोलस मडुरोले टेलिभिजनमार्फत बुधबार नै दिनुभएको हो । बुधबार चाभेजको शव उहाँको निधन भएको राजधानीको सैनिक अस्पतालबाट सैनिक प्रतिष्ठानमा लगिएको थियो । सो क्रममा सैनिकलाई कम्तीमा पनि छ घण्टा समय लागेको बताइएको छ ।
उपराष्ट्रपति मडुरोले शोकमा रहेका नागरिकप्रति धैर्य र संयमित रहन सम्पूर्ण देशवासीलाई आग्रह गर्नुभएको छ । उहाँले सुरक्षाका लागि देशभरी सैनिक परिचालन गरिएको पनि जानकारी दिनुभएको छ । चाभेजको शवलाई शुक्रबारसम्म सो प्रतिष्ठानमा राखिने बताइएको छ । शुक्रबार राजधानी काराकासबाटै शवयात्रा हुने सरकारले जनाएको छ । उहाँको श्ावयात्रामा सहभागिताका लागि विभिन्न देशका राष्ट्रपति एवम् प्रतिनिधि भेनेजुएला पुगिसकेको बताइएको छ ।
उहाँलाई ल्याटिन अमेरिकाको एक सशक्त नेताका रुपमा चित्रण गरिएको छ । ल्याटिन अमेरिकी राष्ट्रका अधिकांश नेताहरुले उहाँको निधनले सो क्षेत्रको एकजना सशक्त र जुझारु नेता गुमाएको टिप्पणी गरेका छन् । त्यसैगरी विश्वका विभन्न देशका राष्ट्रपतिहरुले पनि उहाँको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् । रासस/एएफपी
mero pani mahan pargatishil neta lai salam ra sardanjali hha.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]