चामलमा राजनीतिक सहमति ! :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

चामलमा राजनीतिक सहमति !

२४ फागुन, सोलुखुम्बु । नेपाल खाद्य संस्थानको लुक्लाबाट चामल बिक्री वितरण गर्न यसवर्ष भने राजनीतिक दलहरु सहमत भएका छन् । राजनीतिक सहमति नजुटेका कारण दुई वर्षदेखि चामल बिक्री वितरण बन्द भएकामा यस वर्ष भने दलहरु चामल बाँड्न सहमत भएका हुन् ।

लुक्ला डिपोमा खाद्य संस्थानको कर्मचारी नभएका कारण उपभोक्ता समितिमार्फत चामल बिक्री गर्ने खाद्य संस्थानको निर्णयअनुसार एकीकृत नेकपा (माओवादी) र नेपाली काँग्रेसले समितिको अध्यक्ष दाबी गरेपछि गत आर्थिक वर्षका लागि छुटयाइएको ४५० क्विन्टल सबै चामल ढुवानी नै हुन सकेको थिएन ।

दलहरुले कार्यकर्तालाई चामल बाँड्नका लागि झगडा गर्दा चामल नपाएको लुक्ला डिपोबाट चामल पाउने जुभिङ, चौरीखर्क, नाम्चे र खुम्जुङका बासिन्दाले गुनासो गरेका छन् । यसवर्ष भने उपभोक्ता समितिमार्फत नभई कर्मचारी नियुक्ति गरेर चामल बाँड्ने गरी चामल ढुवानी गर्न दलहरु समत भएका हुन् ।सदरमुकाममा तीन दिनसम्म चलेको खाद्य व्यवस्था समितिको बैठकले सहमति जुटाएर तत्कालै चामल ढुवानी गर्ने भएको हो । नेपाल खाद्य संस्थान सल्लेरीका प्रमुख गङ्गाप्रसाद शाहका अनुसार खाद्य व्यवस्था समितिको बैठकमा ठेकेदारले चामल ढुवानी गर्ने र लुक्ला डिपोले चामल बिक्री गर्नेछ । जसका लागि स्थानीय बासिन्दा सम्मिलित अनुगमन समितिले अनुगमन गर्नेछ ।खाद्य संस्थानले प्रति केजी ४२ रुपैयाँमा चामल उपलब्ध गराइरहेको भए पनि लुक्ला डिपोबाट प्रशासनिक तथा अन्य खर्चका लागि प्रति केजी तीन रुपैयाँ थप गरी प्रति केजी ४५ रुपैयाँमा चामल बिक्री वितरण हुनेछ । सोताङ डिपोबाटसमेत हाल प्रतिकेजी ४५ रुपैयाँमा चामल बिक्री वितरण भइरहेको छ ।

चालु आर्थिक वर्षमा सोताङ डिपोका लागि एक हजार क्विन्टल, सल्लेरी डिपोका लागि एक हजार ८०० क्विन्टल र लुक्ला डिपोका लागि ५०० क्विन्टल चामल छुट्टएिको छ । सोताङ डिपोको चालु आर्थिक वर्षको चामलमध्ये ढुवानी भई छ सय क्विन्टल चामल बिक्रीसमेत भइसकेको शाखा प्रमुख शाहले जानकारी दिनुभयो । तर, सल्लेरी डिपोको चामल भने गत वर्षकै चामल बिक्री हुन सकेको छैन । बजार मूल्यभन्दा खाद्य संस्थानको चामलको मूल्य बढी हुँदा गत वर्षको बाँकी रहेको चामल डिपोमा मौज्दात रहेको छ । रासस

2 Comments on “चामलमा राजनीतिक सहमति !”
  • शुक्र कुलुङ वुङ- ३, सोलुखुम्वु । wrote on 7 March, 2013, 11:02

    सोलुखुम्वुमा राजनीतिक संस्कृति भएका नेताहरु ३ जना मात्र छन् । अरुले जति नै खोकुन तर उनिहरुमा राजनीतिक संस्कृतिको विकास भएकै छैन । जसले गर्दा आफ्ना हैसियत भन्दा तलको कुरामा पनि आफ्नो अस्तित्व देखाउन खोज्छन्

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bijay wrote on 8 March, 2013, 4:51

    हरेक कुरामा राजनीति गर्ने घिनौरा खेल बन्द गर । स्वाभिमानले बाँच्न सिक केही गर्न र दिन सिक सक्छौ भने होईन भने फगत राजनीतिको नाममा फोहोरी खेल बन्द गर । यिनिहरु चम्छे बाहेक केही होईनन

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु