२४ फागुन, काठमाडौं । दिल्ली भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ट्वान्टी-२० अभ्यास क्रिकेटमा एलबी शास्त्री क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको छ ।
एलबी शास्त्रीले प्रस्तुत गरेको १ सय ८ रनको लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा मात्र ५ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि सुवास खकुरेलले ३५, प्रदीप ऐरीले २९ र कप्तान पारस खड्काले २५ रन जोडे ।
यसअघि पहिले व्याटिङ थालेको एलबी शास्त्री क्लबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । उसका लागि नितेश रानाले ५२ रन बनाएपनि अन्य व्याट्सम्यान चल्न सकेनन् ।
नेपालका बसन्त रेग्मीले ९ रन दिएर २ विकेट लिँदा चन्द्र साउद, मन्जित श्रेष्ठ र अमृत भट्टराएईले पनि समान २/२ विकेट हात पारे ।