रुपन्देहीमा गोली चल्यो, एक गम्भीर घाइते :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

रुपन्देहीमा गोली चल्यो, एक गम्भीर घाइते

बिक्रम खड्का

२४ फागुन, बुटवल । रुपन्देहीको करहिया ३ भलवारीमा बिहीबार गोली चलेको छ । अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय २८ वर्षीय बिमल गुरुङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गुरुङको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौ लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उहांलाई राजधानी लैजानका लागि सेनाको हेलिकप्टर बुटवलमा आउँदैछ । पेटमा लागेको गोलि उनको शरीरभित्रै रहेको प्रहरीले जनाएको छ ।

घरमा कपडा धोइरहेको अवस्थामा गोली हानेको स्थानीयले जानकारी दिएका छन् । घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु