२४ फाल्गुन, भैरहवा । रुपन्देहीको पडसरी गाविस-७, गंगापुरका एक पुरुषले आफ्नै श्रीमतीलाई मध्यरातमा छोराछोरीकै अगाडि खुर्पाले काटेर हत्या गरेका छन् । स्थानीय वीरेन्द्र पासीले श्रीमती ३१ बर्षीया शुसिला पासीको हत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमान् विरेन्द्र पासीले आफ्नो श्रीमती पर पुरुष संग सम्बन्ध रहेको भन्दै हत्या गरेको प्रहरीसमक्ष बताएका छन् । शुशीला वीरेन्द्रकी कान्छी श्रीमती हुन् । हत्याका प्रत्यक्षदर्शी ९ बर्षीया छोरी पुष्पादेवी र ७ बषीय छोरा संदीपले आमाको हत्या आफूहरुकै अगाडि भएको सञ्चारकर्मीलाई बताए ।
पासीका छिमेकी कृष्ण भण्डारीले राति शुशीलाले गुहार मागेपछि घरमा पुग्दा वीरेन्द्रले हत्या गरी ढोकामा धरिलो हतियार लिएर बसेको सञ्चारकर्मीलाई बताए ।
सुशीलाको शव पोष्टमार्टमका लागि भैरहवाको भीम अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हरिबहादुर पालले बताएका छन् ।
kasto papi hai man6e pani
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
महिलामाथि भएका यस्ता हत्या, बलात्कार, लुटपाट, शोषण र अन्यायको लागि पर्याप्त कानून नभएर पनि महिलाहरु यसरी हिंसाका शिकार भइरहेका छन् । ठोस कानून र पितृसत्तात्मक राज्यव्यवस्थाले गर्दा महिलाहरुले शारीरीक र मानसिक हिंसा भोगीरहेका छन् ।
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
kina mareko ho vanne kura batai sakyo hatiyarale karwahita awasya hun6 hunata afno angaloma baseko shreemati arule kumlyae pa6i koslae ris uthdaina ra
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
samir Reply: March 8th, 2013 at 5:33 am
mulla tesle chahi 2 wota bihe garna hune . budi le chahi laspas pani garna nahune ta
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
manad ropi danab.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]