महिलालाई प्रधानमन्त्री बनाउन महिला नेतृहरुको माग :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

महिलालाई प्रधानमन्त्री बनाउन महिला नेतृहरुको माग

२४ फागुन, काठमाडौं । प्रधानन्याधीशलाई प्रधानमन्त्री बनाई निर्वाचनमा जानुभन्दा राजनीतिक दल भित्रकै महिलालाई प्रधानमन्त्री बनाई निर्वाचनमा जान महिला नेतृहरुले माग गरेका छन् ।

रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका केन्द्रीय तहका महिला नेतृहरूले एकै स्वरमा भने -”महिलालाई प्रधानमन्त्री बनाउनूस्, निर्वाचनसम्पन्न गरेर देखाइन्छिन् ।” दलभित्रकै महिलालाई प्रधानमन्त्री बनाउन दलहरुबीच कुराकानी हुनु पर्ने भन्दै उनीहरुले महिलालाई नेतृत्व दिन दलहरुबीच सहमतिसमेत हुने आशा व्यक्त गरे ।

एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले भन्नुभयो-”म शीर्ष दलका शीर्ष नेतागणलाई आग्रह गर्दछु, महिलालाई प्रधानमन्त्री बनाउनूहोस्, निष्पक्ष निर्वाचन गरेर देखाइदिन्छन् ।” काँग्रेस नेतृ सुजाता कोइरालाले शक्ति पृथकीकरणको सिद्धान्तलाई बेवास्ता गरी प्रधानन्याधीशलाई प्रधानमन्त्री स्वीकार गर्न नसकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो-”अब प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर चुनावमा जाने होइन्, महिलालाई प्रधानमन्त्री चाहियो ? निर्वाचन गरेर देखाइदिन्छन् ।”

एमाओवादीका नेता सीता पोखरेलले भन्नुभयो-”महिलाको काम बच्चा जन्माउने र दूध चुसाउनेमात्र हो भनेर नसोच्नूस्, प्रधानमन्त्री दिनूहोस् चलाएर देखाइदिन्छन् ।” गैरसरकारी संस्था महासङ्घका अध्यक्ष शर्मिला कार्कीले प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिन नहुने धारणा राख्नुभयो ।

13 Comments on “महिलालाई प्रधानमन्त्री बनाउन महिला नेतृहरुको माग”
  • kali prasad paneru wrote on 7 March, 2013, 10:02

    अरुले त को नि सुजताले र हिसिलाले चाहि पुरै देखाइदिन्छन् प्रधानमन्त्रि भए भने,वाउ र लोग्ने प्रधानमन्त्रि हुँदा त देखाउन बाँकी राखेका छैनन् ।

    Well-loved. Like or Dislike: Thumb up 27 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    Nepali Reply:

    u r right mr paneru. i agree with u.

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Krishna sapkota,wami maidan 5 wrote on 7 March, 2013, 10:55

    अती उत्तम बिचार,अब यसो गरे कसो होला ?

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rohan wrote on 7 March, 2013, 11:18

    देखाइदिन्छन् देखाइदिन्छन् पुरै देखाइदिन्छन्

    Like or Dislike: Thumb up 5 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • viper wrote on 7 March, 2013, 11:19

    well on yo kura ma ta ma ta 100% protest 6u so this coming nari divas ma yehi mul tag line hunu paryo

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • yog raj wrote on 7 March, 2013, 11:39

    bokale daie hune bhaye goru kin chahinthyo,swasni chader chhora hune bhaye logne kin chahiyo?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Hari Badur wrote on 7 March, 2013, 11:51

    सुजातालाई प्रधानमन्त्री बनाइदिने हो भने चुनाव गरेर त होइन बरु नेपाललाई भारततिरै हालेर देखाइदिन्छिन्।

    Like or Dislike: Thumb up 7 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • krishna sapkota,Bangkok wrote on 7 March, 2013, 12:21

    kuro ta thikai ho ki jasto lag6

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • mink wrote on 7 March, 2013, 12:31

    dear ladies instead of asking for lady Pm u should find a capable person for Pm post… women or man doesnot matter ..

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • arjun kumar bamjan wrote on 7 March, 2013, 13:33

    haterika k khalko netaharu……yo yo garnu par6a vanera kada sart rakhera baburam lai nai 5 barsa ,10 barsa katihun6 chalauna diye vaihalyoni

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • krishna regmi wrote on 7 March, 2013, 13:49

    एकपटक महिलालाई प्रधानमन्त्री बनाएर हेर्दा त राम्रै हुन्थ्यो किनकि महिलाहरुले नगरेका काम के छन त ? देशका भएका परिवर्तनमा सबभन्दा महिलाले नै त साथ दिएका हुन् । जनयुद्ध, जनआन्दोलन,मधेश आन्दोलन लगायतका आन्दोलनमा हेर्ने हो भने महिलाको भूमिका कम छ त ? एक दुइ महिलाको अनावश्यक व्यग्यं गरेर खिल्ली उडाउनु भन्दा एकपटक महिलालाई देशको शासन व्यवस्था सुम्पेर हेरौन त । के हाम्रा देशका राजनीतिक दलका नेता सक्लान त महिलालाई सरकारको नेतृत्व दिन ? सके त देशको निकास निस्कन्थ्यो कि त ?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • babita wrote on 7 March, 2013, 15:59

    derai ramro bichar ho pm banera time ma nai chunab garera dakhaunus ajha syabasi paunethyo ki n nepali politicalko nikas hunethiyo ki

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Gobinda wrote on 7 March, 2013, 23:04

    दिदी बहिनीहरुले सांचै महिलालाईनै प्र.म.बनाउन चाहानु हुन्छ भने एक मतले साहित्यकार झमक कुमारीलाई प्रधानमन्त्रीको पदको लागि उमेदवार अघि सारेर जानुस,सवै नेपालिले सहयोग अवस्य गर्नु हुने छ । हाम्रा प्रधानमन्त्री बाबुराम भए पनि शासनको वागडोर मेडम हिसिलाको हातमानै छ,तर उनले गरेका नराम्रा कामको बाहेक राम्रो कामको एउटै पनि समाचार सुनिएन नि…! उनी महिला नभै तेस्रो लिङगी त होईनन् होला ?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु