कसरी हटाउने परीक्षाको भुत ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

कसरी हटाउने परीक्षाको भुत ?

परीक्षा नजिकिँदै जाँदा तनावको पारो पनि तात्दै जान्छ । अझ परीक्षा हलमा बसिसकेपछि तनाव निकै उच्च हुन्छ । खासगरी परीक्षाका बेला पढाइ तथा लेखाइमा समय व्यवस्थापन हुन नसक्दा तनाव बढि हुन्छ ।

कतिपयको परीक्षाको नाम लिनेबित्तिकै मुटुको धड्कन बढिहाल्छ । यदि परीक्षाका बेला समयको सही व्यवस्थापनको कमी तथा एकाग्रता नभएर हुन तनावको सही समाधान भनेको परीक्षाको पर्याप्त तयारी तथा टेन्सनबाट मुक्त रहनु उत्तम विकल्प हो । परीक्षाको तयारी राम्रो गरेर पनि यदि समयको सही व्यवस्थापन हुन सकेन र तनाव उच्च रह▒े भने नतिजा खराब आउन सक्छ । त्यसैले परीक्षाका बेला तनाव नियन्त्रण गर्न तथा राम्रो रिजल्ट प्राप्त गर्न निम्न उपाय कामयावी हुन्छन् ः

· परीक्षाको तयारीका लागि अध्ययन गर्दा एकाग्र भएर पढ्नुहोस् । पढिरहेको बेला बारम्बार उठेर यताउती गर्ने, मोबाइलमा कुरा गर्ने जस्ता काम गरेमा ध्यान अन्तै मोडिन्छ । त्यसैले बरु थोरै समयमात्र पढ्नुस् तर सकेसम्म मोबाइल स्विच अफ गरेर मात्र पढ्न बस्नुस् ।

· परीक्षा नजिकिँदै गएपछि बँचेका थोरै दिनमा हरेक दिन प्रत्येक विषय पढ्ने गर्नुपर्छ । थोरै थोरै भएपनि हरेक विषयका पाठहरु प्रत्येक दिन पढ्नर्ुपर्छ, नत्र एउटा विषय पढ्दा अर्को विषयको कुरा बिर्सिन्छ ।

· परीक्षाको हाउगुजी त्याग्नुहोस् र परीक्षाबाट नडराउनुहोस् । परीक्षामा अप्ठेरो प्रश्न आउँछन् भन्ने मानसिकता त्याग्नर्ुपर्छ । पढेकै पाठबाट जानेकी प्रश्न सोधिन्छ भन्ने आत्मविश्वास राख्नर्ुपर्छ । त्यसैले सोधिनसक्ने प्रश्नको उत्तर लेख्ने अभ्यास पर्याप्त गर्नुपर्छ ।

· प्रायः विद्यार्थीहरु के सोँच्छन् भने कम खाँदा न्रि्रा लाग्दैन । तर यो सोँचाइ गलत हो । पढाइका लागि पर्याप्त खानपिन आवश्यक हुन्छ । पढाइका बेला घरमै तयार गरेको खाना खानुहोस् । होटलमा गएर खाना नखानुहोस्, ताकी विरामी नहोइयोस् । पर्याप्त पानी तथा अन्य तरल पदार्थ खानुहोस् । साथै पर्याप्त समयसम्म सुत्नुहोस् ।

· पढ्नुको साथै लेख्ने अभ्यास पनि गरिरहनर्ुपर्छ । बजारमा उपलब्ध विभिन्न पुस्तकहरुको सहायता लिएर विषयवस्तुको बारेमा अझ स्पष्टता हासिल गर्न सकिन्छ । पढाइका दौरान पाठको अंक भारलाई ध्यान दिएर उपयुक्त समय छुट्टाउनर्ुपर्छ । यसो गरेमा कम अंकवाला पाठमा बढि समय अल्भिmनु पर्दैन ।

· यदि तपाइँ कुनै तनावमा हुनुहुन्छ भने तनाव पालेर नबस्नुहोस् । यो विषयमा अभिभावक, शिक्षक तथा दाजु दिदी वा साथीसँग खुलेर भन्नुहोस् । यसो गर्दा तपाइँको मन हल्का हुन्छ र तनावको विषयवस्तुको समाधानका लागि समेत उपाय निस्कन्छ । यसो गर्दा परीक्षाको बेला अरु तनावका कारण परीक्षा ब्रि्रने डर कम हुन्छ ।

 

4 Comments on “कसरी हटाउने परीक्षाको भुत ?”
  • Damodar gaire wrote on 7 March, 2013, 12:14

    Thanks for suggestions………………….

    Like or Dislike: Thumb up 11 Thumb down 1

  • sushila magar wrote on 8 March, 2013, 8:36

    jpt hamlai ni tha xa ni tyo ta concentration garera padhe vane learn hunxa vanera

    Like or Dislike: Thumb up 2 Thumb down 6

    kabita dhital Reply:

    natak tenson bata mukti hunebitikai distinction au6 ta teso vaye..

    Like or Dislike: Thumb up 3 Thumb down 6

  • k re wrote on 9 March, 2013, 6:38

    exam kasari dine vanera padnelai tha hun6 ki yo hawa news 6apnelai….

    Like or Dislike: Thumb up 1 Thumb down 5

सम्बन्धित शीर्षकहरु