याहुकी हाकिमले पाइन् ११ लाख डलर बोनस :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

याहुकी हाकिमले पाइन् ११ लाख डलर बोनस

इन्टरनेट जाएन्ट याहुकी प्रमुख कार्यकारी म्यारिसा माएरले साढे पाँच महिनामा बोनस वापत ११ लाख अमेरिकी डलर प्राप्त गरेकी छिन् ।

याहु कम्पनीमा मुख्य कार्यकारी बनेर छिरेको साढे पाँच महिनामा उनले यतिधेरै बोनस प्राप्त गरेकी हुन् । यो बोनस उनले पाउने वाषिर्क १० लाख डलर तलब तथा ५६ लाखको दीर्घकालीन शेयर क्षतिपूर्ति बाहेकको रहेको बताइएको छ । गएको जुलाइमा म्यारिसा गुगलबाट याहुमा आएकी हुन् । ३७ वर्षीया माएरले एक वर्षमा अधिकतम २० लाख डलरसम्म बोनस पाउन सक्ने बताइएको छ ।

सोही आधारमा झण्डै आधा वर्षको बोनसका रुपमा उनलाई ११ लाख प्रदान गरिएको हो । माएरको आगमनसँगै याहुको नाफा बढिरहेको हुँदा उनलाई दिएको बोनसप्रति कम्पनीका सबै अधिकारी सन्तुष्ट रहेका बताइएको छ । माएर सिइओ बने यता याहुको शेयर मुल्यमा ४६ प्रतिशतले बढोत्तरी भएको छ ।

केही महिनाअघि गर्भवती भएकी माएर केवल दुइ हप्तामात्र सुत्केरी विदामा बसेर काममा फर्किएकी थिइन् । हालै माएरको एक निर्देशनले याहुमा तहल्का नै मच्चाएको छ । उनले अब याहुका कर्मचारीले घरमा बसेर काम गर्न नपाउने र अनिवार्य रुपमा अफिसमै आएर काम गर्नुपर्ने नियम बनाएकी छिन् । आउँदो जुनसम्ममा सबै कर्मचारीलाई अनिवार्य रुपमा अफिसमा उपस्थित हुन उनले उर्दी जारी गरेकी छिन् ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु