२४ फागुन, काठमाडौं । महाशिवरात्री तथा सेना दिवसको अबसरमा हुने सैनिक समारोहमा भाग दिन भारतीय पूर्व सेनाध्यक्षहरु काठमाडौं आउने क्रम सुरु भएको छ ।
पूर्व स्थल सेनाध्यक्ष शंकर राय चौधरी बिहीबार काठमाडौं आइपुग्नु भएको छ । पूर्व स्थल सेनाध्यक्षद्वय सनथ फ्रान्सिस रोडि्रग्स र दीपक कपुर भोलि शुक्रबार आउने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
पूर्व सेनाध्यक्षहरुले फागुन २८ गते प्रधानसेनापति गौरव शम्शेर ज.ब.रा.संग भेट गर्ने बताइएको छ । भारतीय पूर्व स्थल सेनाध्यक्षहरु सेना दिवसको अवसरमा आयोजना गरिने विविध कार्यक्रमहरुमा सहभागी हुनुको साथै विभिन्न पुरातात्विक तथा धार्मिक महत्वका स्थानहरुको भ्रमण गर्ने कार्यक्रम छ ।
तीनै पूर्व सेनाध्यक्षले आफ्नो कार्यकालमा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह पाउनु भएको थियो ।
Abo nepal ko chor neta bhanaudo lai ARMY sasan lagayera goli thoknu parchha sale harul;ai?
Like or Dislike:
2
1
[जवाफ फर्काउनुहोस्]
Natak
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
केही महीना अघि चीन र भारतको सेनाले संयुक्त अभ्यास गरेका थिए. विभिन्न मुलुकहरुको सेनाहरू बीच यस्ता सटासाट हुन्छ. यसले छिमेकीहरू बीच आपसी विश्वास वृद्धि गर्छ. तर हाम्रो बानी लागी सक्यो, जे मा पनि शंका गर्ने. यो बानी राम्रो होईन.
Like or Dislike:
6
0
[जवाफ फर्काउनुहोस्]
la la indian dajyu haru aundai rahechha,vae-var ka sowagat/heavy party ra ekdam khus banaera pathau,natra………
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]