ज्यान मार्ने धक्की दिने भण्डारी पक्राउ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

ज्यान मार्ने धक्की दिने भण्डारी पक्राउ

२४ फागुन, काठमाण्डौ । मोबाइलबाट म्यासेज पठाएर पाँच लाख रुपैयाँ नदिए ज्यान मार्ने धम्की दिने एक जना काठमाण्डौँमा पक्राउ परेका छन् । गुल्मी घर भई हाल काठमाण्डौमा पुस्तक पसल सञ्चालन गर्दै आएका तुलसी पोख्रेललाई मोवाइलवाट म्यासेज पठाएर ५ लाख रुपैयाँ नदिए मारिदिने धम्की दिने सर्लाहीका सीताराम भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

भण्डारीले गत फागुन १० गतेदेखि मोबाइलवाट एसएमस पठाएर ५ लाख नदिए ज्यान मार्ने धम्की दिएपछि पोख्रेलले प्रहरीसमक्ष उजुरी हालेका थिए । पोख्रेलकै उजुरीपछि महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले भण्डारीलाई पक्राउ गरेको हो । भण्डारीले पोख्रेललाई मात्रै नभई अन्य दुई किशोरीलाई पनि मोबाइलबाटै अश्लील सन्देश पठाउँदै धम्क्याएको खुलेको कालिमाटी वृत प्रमुख डीएसपी शेखर खनालले जानकारी दिनुभयो ।

भण्डारीलाई काठमाण्डौ जिल्ला अदालतले १० दिनको म्याद दिएकाले थप अनुसन्धान भइरहेको खनालले वताउनुभयो । भण्डारीले पोख्रेललाई ९८४१ १७२१४४ नम्बरको मोबाइलवाट एसएमएस गरेका थिए । भण्डारीले एसएमएस गर्न प्रयोग गरेको  नंम्बर चाँही संगीता कुमारी मल्ल ठकुरीको नाममा रहेको र उनको पनि खोजी भइरहेको कालिमाटी प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु