२४ फागुन, काठमाडौं । माइतीघर भद्रकाली सडक विस्तारको क्रममा प्रयोग गरिएको डोजरबाट अप्टिकल फाइबर काटिएर नेपाल टेलिकमको देशभरका सिडिएमए फोन अवरुद्ध भएको छ ।
बिहीबार दिउँसो सडक विस्तारको क्रममा प्रयोग गरिएको डोजरले टेलिकमको केन्द्रीय कार्यालय भद्रकाली नजिकै अप्टिकल फाइबर काटिदिएका कारण देशभरका सिडिएमएअन्तर्गतको ९७४१, ९७५१० लगायत पि्रक्स्ड सिडिएमए सेटअन्तर्गतको फोन सेवा अवरुद्ध भएको हो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले सडक निर्माणको क्रममा डोजर चालकले लापरवाहीपूर्वक काम गरेका कारण सिडिएमअन्तर्गतको सबै फोन सेवा अवरुद्ध भएको जानकारी दिनुभयो ।
सडक विस्तारको क्रममा ठेकेदारले टेलिकमसँग समन्वय नगर्दा अप्टिकल फाइबर काटिएको सिंहले बताउनुभयो । दिउँसो २ बजेदेखि सेवा अवरुद्ध हुँदा लाखौँ रुपैयाँ क्षति भएको बताइन्छ । रासस
janata lai dukha dine kam ho.
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]