विश्वभरि कुनै पनि त्यस्तो मुलुक वा क्षेत्र नहोला, जहाँ महिलाको उपस्थिती नरहेको होस् । बर्सेनी मनाउँदै आइरहेको “नारी दिवस” नारी आन्दोलन तथा महिला विकास सम्बन्धी अन्य अनगन्ती कदमहरुले समाजमा आमुल परिवर्तन ल्याएको छ । भ्यान्टिना टेरेस्कोभाले झन्डै पचास वर्ष अघि भेटेको अन्तरिक्ष होस् या अमेलिया अर्नहार्टले एकल परिक्रमा गरेको आधा महासागरको आकाश, फ्लोरेन्स नाईटिन्गेलले मल्हम लगाउन आरम्भ गरेका चोटहरु हुन् या दुई-दुईवटा नोवेल पुरस्कार विजेता क्युरीले मिश्रण गरेका बैज्ञानिक प्रयोगशाला हुन्, विगत सय वर्षमा महिलाका यी काम र योगदानलाई सबैले मनन गर्न थालेका छन् ।
समाजका हरेक क्षेत्रमा नारीको सहभागिता र उचाइ हेर्ने हो भने अझै पनि महिला मुक्ति आन्दोलनको आवश्यकता नपर्ला जस्तो ठानिंदैन । तर, पनि महिला दिवस या नारीवादी आन्दोलन या महिलावर्गको हक र हितका लागि खोलिएका लाखौं सामाजिक संघ संस्थाहरुको औचित्य सकिएको छैन । किनकि हाम्रो देशमा अझै पनि महिला हिंसाका घटना रोकिएका छैनन् । ती महिला हिंसाका घटना यस्ता हुने गरेका छन्:
- दाईजो नल्याएको निहुमा श्रीमान तथा परिवारका अन्य सदस्यद्वारा नारीकै हत्या ।
-सामुहिक बलत्कारको बड्दो विकृती ।
-छोरी जन्म्याएको कारण्ँ घरबाट निकालेर छोरा जन्माउनको लागि अर्को बिहे गर्नु
-अल्ट्रासाउन्ड गरी हेर्दा गर्भमा छोरी रहेको थाहा पाउन साथ गर्भ पतन गराइदा छोरीको संख्या कमी हुनु ।
-छोरीको जात हुँदा घरमा स-साना भाइ बैनी हेर्नुपर्ने र काममा सघाउनु पर्ने हुँदा स्कुलमा छात्राको संख्या न्यून हुनु ।
कुनै पनि देश होस् या ठाउँ, त्यहाँको परिवेश, सांस्कृति या परिपाटी फरक परेता पनि सबै समाचारका पीडित पक्ष महिला नै रहेको पाइन्छ । विकासको हरेक क्षेत्रमा अगुवाइ मानिएको आधुनिकताले छुन सफल अमेरिकाजस्तो देशमा पनि यस्तै घटनाहरु हुने गरेको पाइन्छ । पतिद्वारा वेपत्ता सुजन पाओल या त्यसैगरी वेपत्ता पारिएकी लेसी पिटर्सन हुन् या सम्पत्तिको लोभमा परेर जघन्य हत्याको शिकार भएकी हाम्रै देशकी गीता ढकाल हुन् या कंगो या सुडानजस्ता मुलुकबाट अपहरित निरीह बालिकाहरु हुन्, जसले महिलाको दुरावस्थालाई झल्काउँछन् ।
भारतको कलकत्ता, बम्बई, वेलायत, बैंकक, सोभियतसंघ, पोल्यान्ड लगायतका शहरमा बाध्यताबस शारीरिक व्यापारमा संलग्न युवतीहरुको व्यथाले महिला शोषणका आकार, अनुहार र परिस्थिति फरक भएपनि सबैले महिला हुनुको कुनै न कुनै तरिकाले मुल्य चुकाएकै देखिन्छ । त्यति हुँदाहुँदै त्यो समाजको आर्थिक, शैक्षकि, धार्मिक, न्यायिक, आदि तत्वहरुले पनि प्रभाव पारेको हुन्छ ।
हाम्रो हिन्दू ग्रन्थ अनुसार महिलालाई भगवानको -देवी काली लक्ष्मी दुर्गा सरस्वती आदि) दर्जा दिन्छन् । ममताकी खानी मानिने नारीमाथि शोषण, अन्याय अत्याचार हिंसा बलात्कार बोक्सीको आरोपजस्ता अमानवीय व्यबहारहरु बारम्बार भैरहने कारण अकालमा ज्यान गुमाउनु परेको हुन्छ भने नारीका गुणगान गाइने कथाहरुले हाम्रा धार्मिक ग्रन्थहरु, दन्त्यकथाहरु र यथार्थ गाथाहरु बालिँदै गएका छन् । इतिहासका पानाहरु एकातिर विदुषी बिरांगना प्रतिमूर्ति भनेर नारीहरुको चित्रण गरिएको छ भने अर्कोतिर तिनै नारीहरुप्रति सोच्नै नसकिने जघन्य अपराधका परिच्छेदहरुले त्यही इतिहास पोत्ने कोशिष गरिएको पाइन्छ ।
दुनियाँमा आफुले सबै भन्दा बढी माया र विश्वास गरेका आफुलाई सुरक्षति महसुश गरिएका आफ्नै ब्यक्तिबाट सबैभन्दा जघन्य अपराध भोग्न विवश छन् नारीहरु । आफ्ना कमजोरीबाट भाग्न पुरुषजाति या समाजले कहिले बोक्सीको आरोपमा, कहिले दाईजो कमी ल्याएको आरोपमा, कहिले अलि जोडले हाँसे बोलेको आरोपमा त कहिले छोरा नजन्माएको आरोपमा महिलाहरुले शारिरीक, मानसिक, नैतिक सबै प्रकारका अमानवीय व्यवहार भोग्न वाध्य बनाएका छन् । यस्ता पीडा र अवस्थाबाट उन्मुक्ति पाउन महिलाहरुले अझै आन्दोलन सशक्त पार्नुपर्ने खाँचो छ । अर्काको कमजोरीको शिकार बनी युगौं बिताएका महिलाहरुले आत्मसम्मान र आत्मविश्वासको सबैभन्दा बलियो हतियार तथा आफूजस्तै अर्को महिलाको साथ पाउन सक्यो भने गर्न नसकिने केही छैन । हामीले आफ्नो हक अधिकार पाउनको लागि सबै नारी एक हौं ।
साहस र आत्मबल जुटाएर महिलामाथि भैरहेका जघन्य अपराध खास गरेर यौन शोषण र बलात्कार जस्ता घिनौना विकृतिलाई रोक्न आवाज उठाऔं ।
राष्ट्रिय लज्जा दिवसको शुभ-कामना
हरेक दिन भैरहेका बलात्कार, बस देखि सडकसम्म अनि घर देखि बजारसम्म नारीको इज्जत संग खेल्ने काम भैरहेको छ | दाइजोको नाममा कुटपिट-हत्या गर्ने, प्रेमको नाममा यौन शोषण, कन्या भएकै कारण भ्रुण हत्या यी सबै त् हाम्रो समाजको दैनिक व्यवहारको एउटा अंश नै हो अनि फेरी एकदिनको लागि “नारी दिवस” नारी प्रति आदर को ढोंग (नाटक) किन ? यसलाई त् बरु “राष्ट्रिय लज्जा दिवस” भन्नु उपयुक्त होला र गर्वको सट्टा “राष्ट्रिय लज्जा दिवस” को रुपमा मनाउनु उपयुक्त होला, आखिर हामीले गर्व कुन कुरामा गर्ने ?
हाम्रो देशमा छिट्टै संविधान बनोस् र संविधानमा महिला हक-हितको सुनिश्चता गरियोस | सरकारले कानुनालाई पालना गर्दै हिंसाबाट ग्रसित महिलालाई न्याय दिलाओस अनि मात्रै “नारी दिवस” को औचित्य हुनेछ |
Like or Dislike:
6
1
[जवाफ फर्काउनुहोस्]
abo keta haruko kati dinu parchha ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
yo lekh padhe pachi yo kura thaha bhayo ki mahila hinsa ko mukhe karan purush rahecha ra yedi sansar ma purush jati nahune ho bhane mahila mathi kunai prakar ko hinsa hune wala chaina.dherai ramor.
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
A promise is a promise: Time for action to end the violence against women.
“Of our fathers we know always some fact, some distinction. They were soldiers or they were sailors: they filled office or they made that law. But of our mothers, our grandmothers, our great-grandmoth ers, what remains? Nothing but a tradition. One was beautiful, one was red haired, one was kissed by a queen. We know nothing of themexcept their names and the datesof their marriage and the numberof the children they bore.” – Virginia woolf
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
A promise is a promise: Time for action to end the violence against women. Khaita palana vako ?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]