प्रत्येक वर्षको मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा विश्व भरी मनाउँदै आइएको छ । यस वर्ष १०३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अन्तर्राष्ट्रिय नारा “प्रतिवद्धता भनेको प्रतिवद्धता हो: महिला हिंसा अन्त्यका लागि क्रियाशील होऔं” रहेको छ । यसै नाराको आधारमा रहेर नेपालका महिलाका क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैरसरकारी क्षेत्रका संघ संस्था तथा संगठनहरुले राष्ट्रिय नारा “लैङ्गकि हिंसा अन्त्य गरौं, कुरा हैन काम गरौं”भन्ने राखेका छन् ।
विश्वमा आजको दिन महिलाहरुको हकहितका बारेमा चर्चा परिचर्चा गरिन्छ । विशेषतः यस दिन श्रमिक महिलाहरुको बारेमा आवाज उठाउने भनिएता पनि महिलाहरु सबै नै कुनै न कुनै रुपमा श्रमिक नै हुन्, चाहे घरमा गृहिणीका रुपमा वा कामकाजी महिला उनीहरुलाई विभेद गरिएको छ, जसले गर्दा आजको दिन महिलाहरुको आर्थिक, सामाजिक,साँस्कृति र राजनीतिक अधिकारका लागि आवाज उठाउने दिनको रुपमा परिचित भएको छ । त्यसैले नेपाल सरकारले केही वर्ष यता यस दिनलाई “नारी दिवस”का रुपमा सार्वजनिक विदा दिने गरेको छ ।
नेपाल सरकारले गैरसरकारी क्षेत्रहरुसँग समन्वय गरेर यस दिवस मनाउन थालेको धेरै वर्ष नभए पनि हरेक वर्ष राष्ट्रिय रुपमै राष्ट्रिय महिला आयोग र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको नेतृत्वमा महिलाका क्षेत्रमा कार्यरत संघ संस्था तथा संजालहरुलाई तयार बैठकदेखि समन्वय गरी कार्यक्रमहरु सञ्चालन गरिने प्रचलन रहँदै आएको छ । समन्वय गरेर गरिने कार्यक्रमहरुले सबैमा समन्वय भएको देखिएता पनि आम नागरिकमा भने कुनै चासोको विषय नपरेको महशुष हुन्छ । महिला मुक्तिको लागि महिलाहरु विभेदरहित समाजमा सम्मानसँग जीवनयापन गर्न पाउनुपर्छ भन्ने मान्यताका साथ मनाइने यो दिवसहरु केवल यसै दिनलाई मात्र भएको जस्तो भान हुन्छ ।
गत वर्ष १०२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस पनि अघिल्ला वर्ष झैं “किशोरीहरुको आवद्धता ः उज्वल भविष्यको सुनिश्चितता ” भन्ने नाराका साथ कार्यक्रमहरु गरिए । आफ्नो देशको अवस्था र परिस्थितिलाई मध्यनजर गर्दै नेपालले पनि ” महिला हिंसाको अन्त्य गरौं ः शून्य सहिष्णुता कायम गरौं” भन्ने नाराका साथ धुमधाम मनाएको थियो । महिला अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्था, नागरिक समाज, महिला आयोग र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले संयुक्त रुपमा र्याली निकालेर कार्यक्रम गरिने प्रचलन छ ।
प्रत्येक वर्षका नाराहरु आकर्षक र लोभ्याउँदा छन् । तर, वर्षभरि आ-आफ्नो संस्था, संघ र सञ्जालले उक्त नारालाई विश्लेषण गरी महिला अधिकार सुनिश्चितता गर्नका लागि पहल के गर्यो र उपलब्धी के आयो भन्ने पाटो कसैले विचार पुर्याउँदैन । केवल औपचारिकता मात्र पुर्याउनका लागि गरिएका यस्ता कार्यक्रमहरुले साधारण नागरिकको जीवनमा कुनै पनि परिवर्तन ल्याउँदैन । सरकारी कार्यालयमा काम गर्ने महिला कर्मचारी, राजनीतिक दलका संगठनका केही कार्यकर्ता र महिला अधिकारकारका क्षेत्रमा कार्यरत संस्थाका कर्मचारीका मात्रै चासोको विषय बनेको यस दिवसले आम महिलावर्गलाई यस दिवसका बारेमा जानकारी समेत दिन सकेको छैन । मार्च ८ को महत्व र नेपालमा महिला अधिकारका क्षेत्रमा भएका सुधार र चुनौतीका विषयमा दीगो रुपमा कसैले विचार पुर्याएको अवस्था छैन ।
गतसाल प्रधानमन्त्री, राष्ट्राध्यक्ष र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीले महिला हिंसा अन्त्य गरौं सहिशुष्णता कायम राखौं भन्दै चोटिला वक्तव्य र भाषण गरे । अझ प्रधानमन्त्रीले “लात्ती हान्ने लोग्नेलाई पनि लात्ती हान्नु पर्छ”भन्ने वाक्यांश सञ्चार माध्यमहरुको हेडलाइन भएर ठूलै हंगामा खडा गरेको थियो । लाग्थ्यो, यो सरकारले नेपाली महिलाहरुको मर्म बुझेको छ, अब महिलाहरुले समान हक पाउने भए भन्ने सबैलाई लागेको थियो भने केही पुरुषहरुलाई प्रधानमन्त्रीले पनि यस्तो झिनो मसिनो कुरामा महिलाहरुलाई उक्साउने र परम्परा तोड्न खोज्ने ? भन्दै अमर्यादित बोलेको बताएका थिए ।
तर, महिला हिंसा अन्त्य गरौं शून्य सहिष्णुता कायम राखौं भनेकै वर्ष कयौं महिलाहरु घरेलु हिंसाका शिकार बने, कयौं नाबालिकाहरु ३ वर्षदेखिकै बलात्कारमा परे, किशोरीहरु सामुहिक बलात्कारमा परे भने सीता राईजस्ता युवतीहरुले सरकारी तथा सुरक्षाकर्मीबाटै बलात्कृत बन्न पर्यो । कयौं महिलाहरुको सरस्वती सुवेदी, सविना तामाङ्ग झै शंकास्पद मृत्यू भयो भने कयौंको हत्या गरियो । शिव हासमी, विन्दु ठाकुरजस्ता किशोरीहरुले परिवारको सम्मान र ईज्जतकै खातिर जीउदै जलेर मर्नु पर्यो भने छोरी माया महर्जन हराएको १ वर्ष भैसक्दा पनि कुनै जानकारी नपाइनु जस्ता घटनाहरुले युवा वर्गको रगत ततायो र ७२ दिन सम्म पनि “अकुपाई वालुवाटार” वा “सत्यग्रह”भन्दै लगातार महिला हिंसा विरुद्ध धर्ना बसिरहेका छन् । न बन्द, न झरी नकुनै पर्व उनीहरु स्वतन्त्र युवा भनी आफूलाई चिनाउने हिंसा, अत्याचार र महिलाहरुको मानवअधिकार हनन् विरुद्ध आवाज उठाइरहेका छन् ।
सरकारले उच्चस्तरीय अनुगमन समिति पनि गठन गर्यो तर हालसम्म “अकुपाई वालुवाटार”ले राखेको मागहरु अनुसार काम पुरा नभएको र यो समितिले पनि कुनै चमत्कार नगर्ने होकी भन्ने आशंका लाग्न थालेको छ । तर, यसपालिको नारा राष्ट्रिय महिला आयोग, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला र बालिकाका क्षेत्रमा कार्यर अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संघ संस्था र अधिकारका क्षेत्रमा कार्यरत सञ्जालहरुले “लैङ्गकि हिंसा अन्त्य गरौं, कुरा हैन काम गरौं” भनी मनाउँदै गरेकाले केही सकारात्मक बनेर हेरौं, काम हुन्छ भनेर ।
महिला अधिकार सुनिश्चितताका लागि बनेका विभिन्न कानुन, नीतिहरु र कार्ययोजनाहरु हेर्दा हाम्रा देशका नीति निर्णायक तहमा रहने र वकालतमा व्यस्त सबै अभियन्ताहरुले कायापलट गरेको देखिन्छ । तर, एउटी महिलाले आफू हिंसा भएको उजुरी गर्न जाँदा प्रहरीले उजुरी नलिएको तीतो यथार्थ पनि यसै देशमा छ, जबकि प्रधानमन्त्री बाबुराम भट्टराईले महिला हिंसा प्रभावितले उजुरी दिएको २४ घण्टाभित्र सम्बोधन हुनुपर्छ भनी आफ्ना मन्त्रालयमा निर्देशन दिएको पनि एक वर्ष पुगेको छ । तर, वास्तविकतातिर फर्केर हेर्दा एक महिलाले आफ्ना अस्मिता जोगाउन र आफूलाई अत्याचार भएको बारेमा बताउने उपर्युक्त ठाउँ छैन ।
त्यसैले नारा केवल नारामा मात्र सीमित नहोस् आम जनमानसमा महिला अधिकार सुनिश्चितता भएको महशुस हुने वातावरणको तयारी गरियोस् ।
You have tried to expose real satiation of women of Nepal and needs more struggles for right, Good opinion, go on, all the best
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
राष्ट्रिय लज्जा दिवसको शुभ-कामना
हरेक दिन भैरहेका बलात्कार, बस देखि सडकसम्म अनि घर देखि बजारसम्म नारीको इज्जत संग खेल्ने काम भैरहेको छ | दाइजोको नाममा कुटपिट-हत्या गर्ने, प्रेमको नाममा यौन शोषण, कन्या भएकै कारण भ्रुण हत्या यी सबै त् हाम्रो समाजको दैनिक व्यवहारको एउटा अंश नै हो अनि फेरी एकदिनको लागि “नारी दिवस” नारी प्रति आदर को ढोंग (नाटक) किन ? यसलाई त् बरु “राष्ट्रिय लज्जा दिवस” भन्नु उपयुक्त होला र गर्वको सट्टा “राष्ट्रिय लज्जा दिवस” को रुपमा मनाउनु उपयुक्त होला, आखिर हामीले गर्व कुन कुरामा गर्ने ?
हाम्रो देशमा छिट्टै संविधान बनोस् र संविधानमा महिला हक-हितको सुनिश्चता गरियोस | सरकारले कानुनालाई पालना गर्दै हिंसाबाट ग्रसित महिलालाई न्याय दिलाओस अनि मात्रै “नारी दिवस” को औचित्य हुनेछ |
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
kura hoina kam ko lagi tapainle garnu bhayeko prayas ko lagi dhanyabad yo prayas nirantar hos yahi nai suvkamana.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
nara ma matra simita hola jasto baisakyo..neta haru kaan ma tel harera basi rako chan kyara..rastrya badijaya bank agdi basera ke garni ra????????? aba ta phardan mantri ko doka agadi janu parcha..nisedita chetra todna parcha ani bala hami le naya pauchu hola
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Sarai ramro article lekhnu bhaeko ma dhanyabad. Nepalka aguwaharuko kahile buddhi aula. Kam garnu paryo kuro hoina
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
नारी दिवसको अर्थ पुरुषलाई होच्याउने अथवा राजनीति गर्ने होईन. हाम्रो मातृ शक्तिलाई सशक्त गर्ने ठोस कार्यक्रम ल्याउनु अपेक्षित छ.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
सबैको मुख मात्र हो दिदि, व्यवहारमा कसैले पनि कार्वन्यन गरेका छैन् । नारा नारामा मात्र सिमित छन् । कागजी घोडा बनाएर सरकारले दौडाइ सकेको छ । ग्रामिण महिलाहरु समक्ष कहिले पुग्ने हो अझै अन्योल छ ।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Nepal is a output country………..
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
tamam mahila bises gharelu kam garneharu majha kahile pugla? ra krishi sectorma kamgarneko bhawana kasle bujhla?mahilako Shramko mulyakan kahile hola?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Kala jee badhai 6a
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]